Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

प्रचण्डको गम्भीर खुलासा र चेतावनी

\"prachanda\"काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराई मधेस आन्दोलनका नाममा मुलुकलाई पूर्वी पाकिस्तान र सिरिया बनाउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–मुलुक विभाजन गराउन खोज्नेहरूप्रति सतर्क रहन मधेसमा केन्द्रित आफ्ना पार्टीका नेता(कार्यकर्तालाई अपिल गर्दै प्रचण्डले त्यस्तो आरोप लगाएका हुन्। उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका प्रचण्डले बैंकक जानु दुई दिनअघि सोमबार मधेसमा गएर दिएको अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा लिइएको छ। दाहाल सभामुख ओनसरी घर्तीका साथ बुधबार बैंकक जाँदैछन्। जन्डिस रोगको उपचार गराइरहेका एमाओवादीका सचिव वर्षमान पुनको स्वास्थ्यस्थिति बुझ्न दाहाल बैंकक जान लागेका हुन्। मधेसमा आन्दोलन गरिरहेका सीके राउतप्रति लक्षित गर्दै महोत्तरीको बर्दिबासमा सोमबार भएको दुई नम्बर प्रदेशको बैठकमा प्रचण्डले भने, \'दलालहरूबाट मधेसी जनताको मुक्ति सम्भव छैन। नेपाललाई एक भएर बस्न नदिने योजना छ। पूर्वी पाकिस्तान र सिरिया बनाउने योजना छ। ठूलाठूला क्रान्ति गरेका मधेसी जनताका नामबाट मधेसी जनतालाई खोसेर लाने कोसिस गरिँदैछ।\' तराई मधेसमा आन्दोलन गरिरहेका तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोप्रति लक्षित गर्दै दाहालले आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई मधेसी जनतालाई वास्तविकता बुझाउन निर्देशन दिए। \'पहिचान, सीमांकन भनेर हिँड्नेहरू न संविधान, न पहिचान, न त सीमांकन नै चाहन्छन्। उनीहरू माओवादीलाई बदनाम गर्न चाहन्छन्’, प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, \'अहिले चर्का कुरा गर्नेहरू कति वर्ष मन्त्री भए ? खोइ त जनताका पक्षमा बोलेको ?’ मन्त्री हुन नपाएको झोकमा रामचन्द्र झाले पार्टी छोडेको दाहालले बताए। झा एमाओवादी परित्याग गरी बाबुराम भट्टराईको संयोजकत्वमा गठित नयाँ शक्ति अभियानमा लागेका छन्। \'झाको मन्त्री बन्ने इच्छा नयाँ संविधानले पूरा हुन नदिएपछि पार्टी छोडेर हिँडेका हुन्\', दाहालले भने, \'पुँजीपतिले मजदुरको हित गर्छ भन्नु बाघले बाख्राको मुक्ति गर्छ भन्नुसरह हो।\' कम्युनिस्टको हातबाट बाहिर जाँदा मधेसको आन्दोलन विचलित भएको दाहालले बताए। \'शोषणका विरुद्ध आवाज बुलन्द गर्ने कम्युनिस्ट नै हुन्। मधेसका किसानले सामन्त र जमिनदारलाई जुन चुनौती दिए, ती चानचुने थिएनन्। मधेसमा भएका किसान संघर्ष, जमिनदार, सामन्त र दलालका विरुद्ध भएका विद्रोह नै नेपालमा कम्युनिस्ट पार्टी निर्माण गर्ने प्रेरणा थिए। रामवृक्ष यादवको नेतृत्वमा मधेस आन्दोलनको योजना बनाएका थियौं। मधेस किसान संघर्ष र मधेस विद्रोहको योजना कम्युनिस्टहरूले बनाएका हुन्\', दाहालले भने, \'गौर हत्याकाण्ड आसपास मधेसी जनता उठेपछि मधेस आन्दोलन उठ्यो । तर त्यसपछिको आन्दोलन कम्युनिस्टका हातबाट बाहिर गयो।\' दाहालले बाबुराम भट्टराईप्रति पनि कटाक्ष गरे।\'केन्द्रीय समितिको आठौं बैठकमा पारित दस्ताबेज आफैंप्रति निर्मम भएर आएको दस्ताबेज हो। यति निर्मम भएर दस्ताबेज ल्याइसकेपछि पार्टी बन्छ भन्ने आशा राखिएको थियो तर बाबुरामजीले किचलो निकालिरहनुभयो। त्यसैले पार्टी बनाउने काम अगाडि बढाउन सकिएन\', दाहालले भने, \'वर्ग, राष्ट्र र जनताका निम्ति आफैंप्रति निर्मम हुन सक्यौं भने पार्टी निर्माण हुन्छ र हाम्रो लक्ष्यमा पुग्न सकिन्छ।\' भारतीय सीमामा भएको अवरोध जति छिटो खुल्छ, त्यति नै मधेसकेन्द्रित दललाई राजनीतिक हित हुने पनि दाहालले बताए।\'मधेसमा केही मानिस आफूलाई मधेसको मसिहा ठान्छन्। मधेसी जनता उनीहरूको भ्रमबाट मुक्त हुन जरुरी छ\', दाहालले भने, \'वर्तमान समस्या समाधानका लागि गम्भीर भएर एमाओवादी लागेको जनताले बुझेका छन् तर केही मान्छे यो प्रक्रिया भाँड्न लागेका छन्।\'
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending