Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

देउवा अघिअघि कोइराला पछिपछि

\"(From काठमाडौं । कांग्रेस महाधिवेशन आउन ५८ दिन मात्र बाँकी हुँदा पार्टी सभापतिका प्रमुख दाबेदारले तयारी तीव्र बनाएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–उनीहरू अघि–पछि गर्दै देश दौडाहामा निस्केका छन् ।   कांग्रेस सभापतिमा तीन नेता आकांक्षी छन् । सभापतिको उम्मेदवारमा वरिष्ठ नेता शेरबहादुर देउवा खुलिसकेका छन्, तर संस्थापनबाट को उम्मेदवार भन्ने टुंगो लागिसकेको छैन । कोइराला परिवारलाई सधैँ साथ दिँदै आएका उपसभापति रामचन्द्र पौडेलले देश दौडाहाका क्रममा संस्थापनको सभापति उम्मेदवार भनेका छन् ।   तर, संस्थापनमा सभापति सुशील कोइराला नै दोहोरिन इच्छुक छन् । कोइरालाले उम्मेदवारी घोषणा गरेका छैनन् । भित्रभित्रै भने महाधिवेशन केन्द्रित तयारी गर्दै आएका छन् । महाधिवेशन केन्द्रित दौडाहामा देउवा अघिअघि र संस्थापन पक्ष पछिपछि छन् । दुईपटक पराजित देउवा यसपटक जसरी पनि सभापति हुन चाहन्छन् । उनी अहिले आफूनिकटका नेतासहित देश दौडाहामा छन् । देउवाजस्तै पौडेल पनि जिल्ला–जिल्ला पुगेका छन् । तर, कोइराला आफैँ सबैतिर पुगेका छैनन् । देउवाले भ्रमण सकेका केही ठाउँमा कोइराला आफैँ पुगेका छन् भने केही ठाउँमा निकटका नेताहरूलाई खटाएका छन् ।   महाधिवेशनको तीन महिनाअघि नै देउवाले नयाँ बानेश्वरमा सम्पर्क कार्यालय खोलेका छन् । पौडेलले भने अनामनगरलाई सम्पर्कस्थल बनाएका छन् । उनीहरूको शैलीलाई सार्वजनिक रूपमै आलोचना गरेका कोइरालाले भने निकटका नेताहरूलाई परिचालन गरेका छन् । उनको सन्देश लिएर नेताहरू आनन्दप्रसाद ढुंगाना, दिलेन्द्रप्रसाद बडू, दिलबहादुर घर्ती, शशांक कोइरालासहितका नेता जिल्ला पुगेका छन् । देउवाले सुदूरपश्चिम तथा पूर्वी र मध्यतराई घुमे देउवाले ९ देखि १७ पुससम्म सुदूरपश्चिम तथा पूर्वी र मध्यतराईमा पुगेर कार्यकर्ता भेटघाट गरिसकेका छन् । संस्थापनका केही केन्द्रीय सदस्यसमेत लिएर देउवाले तराईमा संगठनको अवस्थाबारे जानकारी लिएको केन्द्रीय सदस्य मीन विश्वकर्माले बताए । केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, श्याम घिमिरे, एनपी साउद, विश्वकर्मासहितको टोली मकवानपुर, सर्लाही, महोत्तरी, उदयपुर, सुनसरी, सिन्धुली, काभ्रे हुँदै सोमबार काठमाडौं फर्किएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending