Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

सरकार १० हजार खोई ?, दाेलखाका भूकम्पपीडितकाे बिजाेग

\"vukampa-pidit\"काठमाडौं । दोलखा लापिलाङ–७ वर्तापुकी ८० वर्षीया सेती थामी दुईतिर खुलै रहेको छाप्रोमा अबोध शिशुसहित बस्छिन् । जाडो छेक्न मुढा बालेर आगोको राप लिन्छिन् । दर्जनौँ भूकम्पपीडितको यस्तै हालत छ । घाम आउँदैन । लुगा छैन । चिसोले मुटु नै छेड्लाझैँ गर्छ । पहिला यस्तो जाडो भएजस्तो लाग्दैनथ्यो । यसपटक त सहनै नसकिने भयो । यही मुढा बालेर सास धान्दै छौँ ः ८४ वर्षीय बमबहादुर बस्नेत १५ हजार नुन–भुटुन किन्दै सकियो । जस्तापाता कसैले दिएनन् । टहरो बनाउन पनि सकिएन । १० हजार दिने हल्ला सुनेको छु, तर पाएको छैन । पाए न्यानो कपडा किन्ने थिएँ ः ८० वर्षीय शेरे थामी आजको नयाँ पत्रिका दैनिकमा दोलखा पुगेर टेकराज थामीले तयार पारेको खबर छ–चित्रोले छाएको साँघुरो गोठ, बीचमा अँगेना, अँगेनामा धुवाउँदै गरेको उत्तिसका दुई मुढा । वरिपरि छन्, लापिलाङ–९ पाटागाउँका ८४ वर्षीय बमबहादुर बस्नेत र उनकी ८३ वर्षीया श्रीमती भीमकुमारी । पातलो रातो हुकमाथि मैलो स्टकोट र सुरुवालबाहेक शरीर ढाक्ने केही छैन बमबहादुरको । उनकी श्रीमती भीमकुमारीको हालत पनि उस्तै छ । बेलुका ओढ्न न सिरक छ न ओछ्याउन डस्ना नै । त्यसैले जाडो छेक्न दुवैका लागि अँगेनाकै भर छ । आँखासमेत देख्न छाडेका बस्नेतले भने, ‘घाम आउँदैन । लुगा छैन । चिसोले मुटु नै छेड्लाझैँ गर्छ । पहिला यस्तो जाडो भएजस्तो लाग्दैनथ्यो । यसपटक त सहनै नसकिने भयो । यही मुढा बालेर सास धान्दै छौँ ।’ दुईवटा घर थिए बमबहादुरका । दुवै गत वैशाखमा गएको भूकम्पले भत्कायो । बारीको पाटामा चित्राले छाएको सानो गोठ छ । नौ महिनादेखि उनको वास त्यहीँ छ । फेरि उस्तै घर बनाउने चाहना छ उनको । तर, आर्थिक अवस्था कमजोर छ । ‘पहिलाकै जस्तो घर बनाउने चाहना छ । पैसा छैन । घर बनाउने सपना यो जुनीमा यत्तिकै होला अब,’ उनले भने । राहतस्वरूप सरकारले वितरण गरेको १५ हजार रुपैयाँ चामल खरिद गर्दैमा सकियो । न्यानो कपडा खरिदका लागि राहतस्वरूप सरकारले दिने भनेको १० हजार अहिलेसम्म उनको हात पर्न सकेको छैन । ‘जाडोले कठ्यांग्रियौँ । न्यानो कपडा किन्न पैसा छैन । १० हजार बाँड्ने हल्ला सुनियो । तर, अहिलेसम्म हात लागेन । दिए त जाडो छेक्न तातो कपडा किनिन्थ्यो,’ उनले भने । पाटागाउँकै ५५ वर्षीय इन्द्रबहादुर खत्रीले घर बनाउन जमिन खारिसकेका छन् । राहतस्वरूप बाँडिएको १५ हजार रुपैयाँ खर्च गरी उनले घर बनाउन जग्गा खारेका हुन् । अब उनी सरकारले दिने भनेको सहुलियत ऋणको पर्खाइमा छन् । ‘१५ हजारले जग्गा खारेँ । अब घर बनाउने सपना छ । पैसा छैन । सरकारले सहुलियतमा ऋण दिन्छ भन्ने सुनेको छु । पाइए त घर बनाउने थिएँ,’ उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending