Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

प्रचण्डले किन यस्तो दाबी गरे ?

\"prachanda-intकाठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोस्रो संविधानसभामा पराजय भोगेको आफ्नो पार्टीले त्यसयता जित्दै आएको दाबी गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–मंगलबार बसेको क्रान्तिकारी पत्रकार संघको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक लाइन सोझिएको र स्वतन्त्र निर्णय लिन थालिएकाले पार्टीले जितेको बताए । संविधान प्राथमिकतामा थियो एमाओवादीका लागि संविधान सबैभन्दा ठूलो प्राथमिकता थियो भन्दै उनले भने, ‘बिग्रँदै गएको पार्टी पुनर्निर्माण गर्नैपर्ने अवस्थामा पनि हामीले संविधान निर्माणमा ध्यान दियौँ । जसका कारण संविधान बन्न सक्यो ।’ उनले माओवादीका लागि संविधान जीवन–मरणको विषय थियो भन्दै कांग्रेस र एमालेलाई संविधान नचाहिए पनि आफूहरूले डोर्‍याएर संविधान निर्माणसम्म पुर्‍याएको बताए । हामीलाई जेल हाल्ने थिए उनले अघिल्लो संविधानसभामा आफ्नो पार्टीले केही गल्ती गर्दा ठूलो क्षति व्यहोरेको चर्चा गरे । ‘अघिल्लो संविधानसभामा राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरूले झुक्याए । यसपटक पनि संविधान बन्न नदिन ती शक्तिले कोसिस गरेकै हुन्,’ उनले भने, ‘संविधान बन्न नदिएर उनीहरू जनयुद्धलाई अपराध हो भन्ने पुष्टि गर्न चाहन्थे । हामी केही ठूला नेतालाई त जेलै हाल्नुपर्छ भन्नेमा थिए ।’ अन्तिममा बाबुरामले साथ छाडे प्रचण्डले संविधान निर्माणका लागि डा। बाबुराम भट्टराईको ठूलो योगदान रहे पनि अन्तिममा उनले रोक्न खोजेको जिकिर गरे । ‘बाबुरामजीलाई साथ नलिएको भए पनि संविधान बन्दैनथ्यो । बाबुरामजी एक वर्ष यतासम्म हामीसँगै आउनुभयो । उहाँले संविधान निर्माणमा राम्रै भूमिका खेल्नुभएको थियो,’ प्रचण्डले भने, ‘संविधान जारी हुनु ८–९ दिनअघिदेखि भने उहाँले फरक कुरा गर्न थाल्नुभएको थियो । तर, त्यसवेला कसैले संविधानलाई रोक्न सक्दैनथ्यो । यसकारण जित्न थालियो प्रचण्डले पछिल्लो समय पार्टीले जित्दै गएको चर्चा मात्र गरेनन्, त्यसलाई पुष्टि गर्ने कोसिस पनि गरे । ‘मुख्य कुरा त राजनीतिक लाइन नै हो । हामीले दोस्रो निर्वाचनमा हारेपछिको केन्द्रीय समिति बैठकमा पराजयको निर्मम समीक्षा गरेका थियौँ । हामीले कुन वर्गको पक्ष लिने हो, कसका लागि गर्ने हो भन्ने राजनीतिक लाइन नै स्पष्ट भएन । जसले गर्दा पराजय व्यहोर्‍यौँ,’ प्रचण्डले भने, ‘त्यो समीक्षापछि मैले आफूलाई सच्याउँदै लगेँ, स्वतन्त्र निर्णय लिन थालेँ । राजनीतिक लाइन सोझिएपछि हामीले जित्दै गयौँ ।’ नाकाबन्दीले भारतलाई घाटा प्रचण्डले संविधान जारी भएपछि भारतले गरेको नाकाबन्दीले उसैलाई घाटा भएको बताए । उनले भने, ‘नाकाबन्दीका कारण हामीले धेरै दुस्ख पायौँ, तर भारत विश्वभर बदनाम भएको छ । भारतमा मोदीको ग्राफ पनि घटेको छ । नाका खोल्न उनीहरू हतारिएका देखिन्छन् ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending