Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

नाकाबन्दीले मधेसीलाई नै मर्नु न बाँच्नु

\"madhes\"काठमाडौं । पाँच महिनादेखि जारी मधेस आन्दोलन र भारतको अघोषित नाकाबन्दीले मधेसीको जीवन कठिन अवस्थामा पुगेको छ । मधेसका १० जिल्लामा सबैभन्दा बढी मार निम्न र मध्यमवर्गीय परिवारलाई परेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ–सर्वसाधारण नाकाबन्दी खुल्ने पर्खाइमा बसेको हप्तौं भइसक्यो । दिक्क मान्दै उनीहरू भन्ने गर्छन्, ‘मर्नु र बाँच्नुको अवस्थामा पुगेका छौं । बन्द कहिले अन्त्य हुन्छ रु’ जनकपुरका मुटुरोग र उच्च रक्तचापका बिरामी सेवानिवृत्त शिक्षक राजेन्द्र विमलले पुसको पहिलो साता ५ दिनसम्म जीवनरक्षक औषधि सेवन गर्न पाएनन् । दैनिक लिनुपर्ने औषधि जनकपुरमा नभेटिएपछि बाहिरबाट मगाएर जेनतेन चलाउनु परेको थियो । ‘मर्न पनि सक्या छैन, बाँच्न पनि सक्या छैन,’ कान्तिपुरसँग मंगलबार फोनमा उनले भने, ‘बहुत दुस्खपूर्ण जीवन बाँच्नु परेको छ ।’ सरकार र आन्दोलनरत पक्षबीच वार्ता हुने दिन बिहान उठेदेखि सबैमा आशा पलाएको हुन्छ । ‘जब साँझ पर्न थाल्छ, क्रमशस् आशा निराशामा बदलिन्छ,’ उनी भन्छन्, ‘अब त बानी नै परिसक्यो ।’ चर्को लोडसेडिङ र कच्चा पदार्थको अभावमा अधिकांश उद्योग बन्द छन् । कार्यरत मजदुरलाई तलब दिन कठिनाइ भएका बेला बैंकको ब्याज जेनतेन तिरेर इज्जत जोगाउने ध्याउन्नमा उद्योगी छन् । सञ्चालनमा रहेका केही उद्योग पनि मोर्चाका केही नेतालाई दैनिक रूपमै अग्रिम चन्दा दिएर चलाउन बाध्य छन् । प्रदेश नम्बर २ मा रहेका करिब १५ सय उद्योगमा कार्यरत ५० हजारभन्दा बढी मजदुर रोजगारविहीनको अवस्थामा पुगेको वीरगन्ज उद्योग वाणिज्य संघले जनाएको छ । नाकाबन्दीको मौका छोपी सीमित समूहले इन्धन र एलपी ग्यास तस्करीबाट मोटो रकम कमाएका छन् । तर, सर्वसाधारणको जीवनयापन निकै कठिन बनेको छ । दैनिक ज्यालादारी कामदार हुन् या उद्योगी, सबैको टाउकोमा ऋण थपिएको छ । ‘ब्ल्याकमा ग्यास सिलिन्डर खरिद गर्ने हैसियत छैन,’ पूर्वशिक्षक राजेन्द्र भन्छन्, ‘घरका अधिकांश काठ चुलोमा जलाइसकियो । भित्री मधेसमा राज्यले दाउरासमेत बाँड्न सकेको छैन ।’ ग्यास र पेट्रोलको संकटभन्दा पनि देशमा देखिएको नेतृत्वको संकट चिन्ताको विषय बनेको उनको टिप्पणी छ । वीरगन्जका राजनीतिकर्मी राकेश सिंह नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउनबाट राज्य गम्भीर रूपले चुकेको बताउँछन् । ‘जनताप्रति सरकारलाई माया नै छैन जस्तो अनुभूति भएको छ,’ उनी भन्छन्, ‘चाहे ती जनता मधेसका हुन् वा पहाडका भूकम्पपीडित । सिंहदरबारको काम खाली सरुवाबढुवा गर्ने मात्र हो र रु’ चामल मिलहरू बन्द भएकाले किसानले उब्जाएको धानको उचित मूल्य पाएका छैनन् । गर्जो टार्न लागत मूल्यभन्दा पनि ५ सयदेखि ८ सय रुपैयाँ घाटा खाएर बिक्री गर्न बाध्य छन् । खेत जोत्न डिजेल अभाव छ । सर्लाही मलंगवाका रजनीकान्त झा ट्याक्टरवालालाई साविकभन्दा दोब्बर मूल्य तिरेर खेत जोत्नुपरेको गुनासो गर्छन् । ‘यसअघि प्रतिघण्टा हजार रुपैयाँ लिने ट्याक्टरले अहिले २ हजार रुपैयाँ हातमा नलिई खेतमा आउँदैन,’ उनले भने, ‘सरकारले आन्दोलन सुरु भएदेखि मधेसका पेट्रोल पम्पमा इन्धनसमेत दिएको छैन ।’ उखु क्रसिङ सिजन सुरु भइसक्दा पनि किसानका उखु खेतमै छन् । ‘डिजेलको अभावमा ढुवानी गर्ने अवस्था छैन,’ झा भन्छन्, ‘इन्धनकै अभावमा चिनी मिलसमेत सञ्चालन हुने सम्भावना देख्दिनँ ।’ भित्रभित्रै आक्रोश रहे पनि नेपालीमा सहने शक्ति बढेकाले जनता शान्त रहेको उनको बुझाइ छ । ‘तर, धैर्यको बाँध कत्तिखेर टुट्छ भन्न सकिन्नँ,’ उनले थपे, ‘धैर्य टुटेपछि मुलुक अप्ठ्यारोमा फस्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending