Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

केरुङ जाने सडक निर्माणमा गच्छदारले गरे ढिलाइ

\"bijayaकाठमाडौं । सरकारले रसुवा–स्याफ्रुबेँसी सडक निर्माण संकटकालीन परियोजना घोषणा नगरी निर्माण प्रक्रिया अघि बढाएको छ । दुई वर्षमा सकिने भनेको सडक निर्माण अब पाँच वर्ष लाग्ने भएको छ ।   आजको नयाँ पत्रिका दैनिकमा खबर छ–प्रधानमन्त्री केपी शर्मा ओलीले संकटकालीन परियोजना घोषणा गरी ‘फास्ट ट्रयाक’मा सडक निर्माण गर्ने घोषणा गरेको र मन्त्रिपरिषद्ले पनि त्यहीअनुसार निर्णय गरेको थियो । तर, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री विजय गच्छदारले नियमित प्रक्रियाबाट सडक निर्माण अघि बढाउन मन्त्रीस्तरीय निर्णय गरेर रक्षा मन्त्रालय र सडक विभागलाई पत्राचार गरेका छन् । संकटकालीन परियोजना र दु्रत गतिमा अघि नबढे चीनको केरुङ जोड्ने यो सडक निर्माण हुन पाँच वर्ष लाग्ने अनुमान छ । तर, सरकारले दुई वर्षमा दुई लेनको सडक निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । मुआब्जा, वातावरणीय प्रभाव मूल्यांकन ९इआइए०, साधन–स्रोत, विस्फोटक पदार्थ, डिजेल अभाव र कानुनी झमेला कायम रहे सडक निर्माण समयमा सम्पन्न नहुने नेपाली सेनाले नै स्पष्ट पारेको छ ।   गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक निर्माण तथा स्तरोन्नति गर्ने सरकारी लक्ष्य छ । बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी खण्डको २८ किलोमिटर सडकमध्ये १८ किलोमिटरको पहिरो सफा गरी ६ महिनामा सडक विभागलाई हस्तान्तरण गर्न मन्त्रिपरिषद्ले १७ मंसिरमा सेनालाई निर्देशन दिएको छ । सोही खण्डमा बाँकी १० किलोमिटर पहराको ट्रयाक आर्थिक वर्ष ०७३र७४ अन्त्यसम्म सम्पन्न गर्ने जिम्मेवारी पनि सेनालाई नै दिइएको छ । तर, उपप्रधानमन्त्री गच्छदारले ७ पुसमा नियमित अवस्थाजसरी नै निर्माण गर्ने मन्त्रीस्तरीय निर्णय गरेका छन् । ७ पुसमा भौतिक मन्त्रालयले रक्षा मन्त्रालय र सडक विभागलाई चलानी नम्बर ५२६ को चिठी लेखेर नियमित प्रक्रियामै बनाउने जानकारी गराएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending