Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

ओलीले आफूखुशी गरेको भन्दै एमालेमा तीव्र विवाद

\"Nppcn-uml\"काठमाडौं । प्रधानमन्त्री तथा पार्टीको संसदीय दलको नेतासमेत रहेका एमाले अध्यक्ष केपी ओलीले एकलौटी निर्णय गर्ने गरेको भन्दै एमालेभित्र असन्तुष्टि फेरि चुलिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–मंगलबार स्थायी समिति सदस्य सुवास नेम्वाङलाई दलको उपनेता बनाएपछि पुनस् असन्तुष्टि सुरु भएको हो । व्यक्ति छनोट ठीक भए पनि छनोटको प्रक्रिया गलत गरी नेम्वाङलाई उपनेता बनाइएको भन्दै पदाधिकारीले नै असन्तुष्टि जनाएका छन् । पार्टीभित्र छलफल नै नगरी माधव नेपाल, झलनाथ खनाललगायतका फरक खेमाका नेताहरू उपस्थित नै नभएको संसदीय दलको बैठकबाट नेम्वाङलाई उपनेता बनाइएको थियो । राज्यमन्त्री बनाउँदा पनि एकलौटी एमालेका तर्फबाट ९ पुसमा ६ राज्यमन्त्री बनाउँदा पनि प्रधानमन्त्री ओलीले एकलौटी गरेको भन्दै माधवकुमार नेपाल समूह असन्तुष्ट भएको थियो । नियुक्त गर्नुअघि ‘राज्यमन्त्रीबारे छलफल गर्नु छ’ भन्दै ओलीले बालुवाटार बोलाएर दुई घन्टा कुराएपछि नेता नेपाल रिसाएर हिँडेका थिए । त्यसपछि ओलीले टेलिफोनमै नेपालसँग राज्यमन्त्री नियुक्तिका विषयमा कुरा गरेका थिए । तर, नेपालले सिफारिस गरेका कसैलाई पनि राज्यमन्त्री नबनाएको नेपाल पक्षको आरोप छ । मन्त्री बनाउँदा पनि विवाद प्रधानमन्त्री भएपछि ओलीले पहिलोपटक गरेको मन्त्रिपरिषद् विस्तारलाई लिएर पनि एमालेभित्र विवाद भएको थियो । शीर्ष नेताहरूबीच भएको समझदारीविपरीत प्रधानमन्त्री ओलीले अग्नि खरेललाई कानुनमन्त्री बनाएपछि ओलीनिकट नेताहरूले नै पनि सार्वजनिक रूपमा असन्तुष्टि जनाएका थिए । विवादले मन्त्री छान्न २५ दिन आन्तरिक विवादकै कारण प्रधानमन्त्री ओलीले झन्डै एक महिनासम्म आफ्नै पार्टीबाट मन्त्री छनोट गर्न सकेनन् । २४ असोजमा प्रधानमन्त्री निर्वाचित भएका ओलीले २५ दिनपछि उपाध्यक्ष भीम रावललाई उपप्रधानमन्त्री, उपमहासचिव विष्णु पौडेललाई अर्थमन्त्री, शेरधन राईलाई सञ्चार, आनन्दप्रसाद पोखरेललाई पर्यटन र शान्ता मानवीलाई विनाविभागीयमन्त्री बनाएका थिए । ओली अध्यक्ष भएयता नै विवादै विवाद एमालेभित्र विवादको शृंखला ओली प्रधानमन्त्री भएपछि मात्र सुरु भएको होइन, नवौँ महाधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएदेखि नै सुरु भएको हो । कांग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारमा पार्टीका तर्फबाट मन्त्री पठाउँदा र फेरबदल गर्दा मात्र होइन, संसदीय समितिका सभापति, सुकुम्बासी आयोगका अध्यक्ष र मन्त्रिपरिषद्बाट मनोनीत गरिने सभासद् छनोट गर्दासमेत ओलीले एकलौटी गरेको भन्दै केही पदाधिकारीले लिखित असहमति नै दर्ता गरेका थिए । राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव नियुक्ति प्रकरणमा नेपाल पक्षका तत्कालीन खेलकुदमन्त्रीलाई ओलीले राजीनामा दिन दबाब दिएपछि नेपाल समूह ओलीविरुद्ध हस्ताक्षर संकलनमै उत्रिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE