Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

भिआइपीको विदेश भ्रमणमा कडाइ, मन्त्री र आइजिपीकै विदेश भ्रमण अस्वीकृत

\"Oliकाठमाडौं । मन्त्री, सुरक्षा निकायका प्रमुख तथा सचिवहरू फजुल र अनावश्यक कार्यक्रममा विदेश जान खोजेपछि सरकारले उनीहरूको विदेश भ्रमण अस्वीकृत गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–गत मंगलबार राति बसेको मन्त्रिपरिषद् बैठकले खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंह, उद्योग राज्यमन्त्री मेघराज नेपाली निषाध, श्रम तथा रोजगार मन्त्रालयका सचिव रामकुमार आचार्य, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालको बेलायत भ्रमणसम्बन्धी प्रस्ताव अस्वीकृत गरेको हो । प्रहरी महानिरीक्षक अर्याल डिएफआइडीको सहयोगमा बेलायत जाने कार्यक्रम तय भएको थियो । आइजिपीको बेलायत भ्रमणको प्रस्ताव गृह मन्त्रालयले मन्त्रिपरिषद्समक्ष लगेको थियो, तर उनी के र कुन उद्देश्यका लागि बेलायत जान लागेका हुन् भन्ने कुराको औचित्य प्रस्तावमा नखुलाइएपछि गृहको प्रस्ताव मन्त्रिपरिषद्ले अस्वीकृत गरेको हो । मुलुकमा सुरक्षा चुनौती बढिरहेको अवस्थामा आइजिपी घुमघामका लागि मात्रै बेलायत जान खोजेको पाइएपछि मन्त्रिपरिषद्ले उनको भ्रमण प्रस्ताव अस्वीकृत गरेको स्रोतको दाबी छ । डिएआइडीले नेपालमा प्रहरीको आधुनिकीकरण गर्न भन्दै चार अर्ब ८१ करोडको परियोजना सञ्चालन गरिरहेको छ । सोही परियोजनाको लगानीमा आइजिपी घुमघामको उद्देश्यले बेलायत जान लागेका थिए । सो परियोजनाले प्रहरीका उच्च अधिकारीहरूलाई विदेश भ्रमणका लागि नियमित रूपमै चाँजोपाँजो मिलाउँदै आइरहेको छ । आइजिपीपछि केही एआइजी डिएफआइडीकै खर्चमा बेलायत घुम्ने तयारीमा थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केही समयअघि मात्रै सरकारका अति विशिष्ट तथा विशिष्ट श्रेणीका पदाधिकारीले गर्ने विदेश भ्रमणसम्बन्धी निर्देशिका २०७२ कार्यान्वयनमा ल्याएको थियो । सो निर्देशिकाअनुसार भिआइपीहरू औचित्य साबित नभई विदेश जान पाउनेछैनन् । कुनै एनजिओ आइएनजिओको सहयोगमा विदेश भ्रमणमा जान रोक लगाइएको छ । सरकारले सो निर्देशिका झन्डै चार महिनाअघि लागू गरेको जनाए पनि त्यसको कार्यान्वयन हुन सकेको थिएन । सो निर्देशिकाविपरीत भएकाले आइजिपीसहित, केही मन्त्री र सचिवको विदेश भ्रमणसम्बन्धी प्रस्तावसमेत अस्वीकृत भएको उच्च स्रोतले जानकारी दिएको छ । भिआइपीको विदेश भ्रमणसम्बन्धी दर्जनौँ प्रस्ताव मन्त्रिपरिषद्मा पेस भएपछि त्यसबारे छानबिन थालिएपछि मंगलबारको मन्त्रिपरिषद् बैठक लामो समयसम्म चलेको थियो । मंगलबार साँझ साढे ६ बजे सुरु भएको बैठक राति सवा ११ बजेसम्म चलेको थियो । प्रधानमन्त्री केपी ओलीले विदेश भ्रमण सम्बन्धमा पेस भएका सबै प्रस्तावबारे विस्तृत रूपमा ब्रिफिङ गर्न मुख्यसचिव डा। सोमलाल सुवेदीलाई निर्देशन दिएपछि उनले सविस्तार बयान गरेका थिए । ‘कुन मन्त्री र सचिव कुन देश जान लागेका हुन् रु त्यसबाट मुलुकलाई के फाइदा हुन्छ रु कि उनीहरू विदेशमा मोजमस्ती गर्न र रमाइलो गर्नकै लागि जान खोजेका हुन् रु’ भन्दै प्रधानमन्त्री ओलीले प्रश्न गरेका थिए । यसअघिका प्रायस् सबै मन्त्रिपरिषद् बैठकमा मन्त्री, सचिव, सहसचिव, सुरक्षा निकाय र संवैधानिक निकायका पदाधिकारी गरी झन्डै दर्जनभन्दा बढीको विदेश भ्रमणसम्बन्धी प्रस्ताव पेस भई हचुवाकै आधारमा पारित हुने गर्थे । अब विदेश भ्रमणसम्बन्धी प्रस्ताव हचुवाका आधारमा पारित नहुने भन्दै प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई सचेत गराएका थिए । स्रोतका अनुसार बंगलादेशमा हुन गइरहेको सरसफाइ सम्मेलनमा सचिवका लागि आएको निमन्त्रणमा मन्त्री सिंहले उनको नाम काटी आफ्नो नाम राखेर विदेश भ्रमणको प्रस्ताव लिएर मन्त्रिपरिषद् बैठक पुगेका थिए । तर, प्रधानमन्त्री ओलीले ‘सचिव जाने कार्यक्रममा तपाईं मन्त्री किन जानुपर्‍यो’ भन्दै हपारेका थिए । बैठकले मन्त्री सिंहको नाम हटाएर मन्त्रालयका सचिव सुरेशप्रकाश आचार्यलाई पठाउने गरी स्वीकृति दिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending