Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

रामचन्द्र पौडेलले सुशील कोइरालालाई यसरी घुँडा टेकाए

\"ramchandra_and_sushil_koirala\"काठमाडाैं । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पूर्वनिर्धारित कार्यक्रम रोकेर बैठक डाक्न तयार नभएको अडान लिएपछि कांग्रेस केन्द्रीय समिति बैठक दुई दिन पछि सारिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–१० दिनअघि नै पौडेल संयोजक रहेको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले प्रदेश नम्बर १ को विराटनगरमा दुईदिने प्रशिक्षण कार्यक्रम राखेर सभापति सुशील कोइरालालाई लिखित निमन्त्रणा दिएको थियो । तर, त्यसको बेवास्ता गर्दै कोइरालाले शुक्रबारका लागि केन्द्रीय समिति बैठक बोलाएका थिए । तर, भारतमा रहेका पौडेलले कार्यक्रम रोक्न नसकिने अडान लिएपछि पुनस् केन्द्रीय समिति बैठक २६ पुस ९आइतबार०का लागि सारिएको छ । प्रतिष्ठानमार्फत देशव्यापी कार्यक्रम गरेको नरुचाएका कोइरालाले महाधिवेशनको मुखमा पुनस् प्रशिक्षण कार्यक्रम राखेपछि असन्तुष्ट रहँदै पौडेलले १० दिनअघि तय गरेको कार्यक्रमसँग जुधाएर समितिको बैठक बोलाएका थिए । ‘१० दिनअघि नै प्रदेश नम्बर १ को प्रशिक्षण कार्यक्रम तय भएको थियो, उपसभापतिले छोरा चिन्तनलाई कार्यक्रमको मुख्य अतिथि बनिदिन आग्रह गर्दै सभापतिलाई लिखित चिठी पठाउनुभएको थियो, तर कार्यक्रम जुधाएर शुक्रबारका लागि केन्द्रीय समिति बैठक बोलाइयो, यसले हामीलाई आश्चर्यमा पारेको थियो,’ पौडेलनिकट नेता मधु आचार्यले नयाँ पत्रिकासित भने, ‘केन्द्रीय सदस्यहरूमध्ये कति टिकट काटेर आइसक्नुभएको छ, कति आउने तयारीमा हुनुहुन्छ, यस्तोमा कार्यक्रम स्थगित गर्न सकिँदैनथ्यो । जे होस् ढिलै भए पनि केन्द्रीय समिति बैठक स्थगित गरी दुई दिनपछि सारियो ।’ केन्द्रीय कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीले बिहीबार पुनस् अर्को विज्ञप्ति जारी गरी ‘विशेष कारणवश’ २४ गतेका लागि बोलाइएको बैठक २६ पुसमा केन्द्रीय कार्यालयमा बस्ने गरी सारेको जनाएका छन् । उता, विराटनगरमा पौडेल संयोजकत्वको प्रतिष्ठानले १ नम्बर प्रदेशका जिल्ला सभापति, क्षेत्रीय सभापति र महिला महासमिति सदस्यलाई सहभागी गराई कांग्रेस नेतृत्वमा संविधान जारी भएको भन्दै यसका विशेषतालाई गाउँगाउँमा पुर्‍याउने, परिमार्जनका लागि भएका प्रयासमा केन्द्रित हुँदै प्रशिक्षण दिन लागेको प्रतिष्ठानका कार्यकारी निर्देशक आचार्यले जानकारी दिए । सातवटै प्रदेशमा यस्ता कार्यक्रम गर्ने तयारीसाथ प्रतिष्ठान अघि बढेको छ । प्रतिष्ठानले प्रदेश नम्बर ७ को कार्यक्रम धनगढीमा गरिसकेको छ । धनगढीको प्रशिक्षणका लागि उपसभापति पौडेल स्वयंले आग्रह गर्दा पनि कोइराला सहभागी भएका थिएनन् । तर, शुक्रबारको विराटनगरको कार्यक्रममा भने कोइराला सहभागी हुने भएका छन् । दिल्लीबाट फर्केपछि सभापति कोइराला र उपसभापति पौडेल शुक्रबार बिहान ९ बजे एउटै विमानबाट विराटनगर पुग्ने आचार्यले जानकारी दिए । कोइरालाको सचिवालयले पनि शुक्रबार बिहान सभापति विराटनगर जाने तय भएको जानकारी दियो । आचार्यले यसअघिदेखि नै पौडेल नेतृत्वको प्रतिष्ठानले देशव्यापी कार्यक्रम गर्दै आएकाले अधिवेशनको मुखमा गरेको भनेर बुझ्न नहुने बताए । ‘पौडेलजी जहिल्यै दौडनुभएको हो । प्रतिष्ठान बनेदेखि निरन्तर कार्यक्रम गर्दै आउनुभएको छ,’ उनले भने, ‘महाधिवेशनअघि भएकाले विशेष हो कि भनेर अनुमान भएको छ, त्यसलाई नबुझ्दा यस्तो भएको हो, यो सिंगो कांग्रेसका लागि गरिएको कार्यक्रम हो ।’ यद्यपि, महाधिवेशनको मुखमा पौडेलले देशव्यापी दौडाहालाई तीव्र बनाएपछि कोइराला असन्तुष्ट छन् । तर, पौडेल पक्ष ‘काम गर्ने नेताको प्रभाव बढ्नु राम्रो हो’ भन्दै अझै थप कार्यक्रम अघि बढाउने पक्षमा छ । पौडेलले आफैँ सभापतिको उम्मेदवारमा अघि सर्ने घोषणा गरेपछि कोइराला थप चिढिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE