Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

मधेसी मोर्चासँग यसरी कुरा मिल्दै छ

\"Madhesi-morcha-ka-4-neta\"काठमाडौं । प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको कार्यदलबीच शुक्रबारको वार्तामा कुनै ठोस निर्णय हुन सकेन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–शुक्रबारको वार्ता पनि मोर्चाका ११ बुँदे मागबारे छलफल केन्द्रित थियो । वार्ताले सकारात्मक मोड लिएको भन्दै कार्यदलका सदस्यहरूले छलफल निरन्तर हुने र अर्को वार्तामा ११ बुँदेबारे ठोस धारणा बनाएर छलफल केन्द्रित हुनेगरी शुक्रबारको वार्ता सकिएको छ । मोर्चाको कार्यदलका सदस्य राजेन्द्र श्रेष्ठले आफूहरूले राखेको ११बुँदे मागमध्ये १ नम्बरको मागमा बढी केन्द्रित भएर छलफल भएको बताए । मोर्चाले उच्चस्तरीय राजनीतिक समितिमार्फत प्रदेशको सीमांकन फेरबदल गर्न तयार भएपछि प्रमुख दल समितिको कार्यविधिबारे छलफल गर्न खोजिरहेका छन् । तर, मोर्चाका नेताहरूले वार्ताको क्रममा राजनीतिक विषय पहिले टुंगो लगाउँदा सजिलो हुने बताइरहेका छन् । ‘प्रदेशको सीमांकन फेरबदल गर्ने कुरामा पहिला राजनीतिक सहमति गर्नुपर्छ भन्ने हाम्रो जोड हो, त्यसपछि मात्रै प्राविधिक कुरामा प्रवेश गर्न सकिन्छ,’ श्रेष्ठले भने । त्यसैगरी, मोर्चाका अन्य मागको विषयमा सामान्य छलफल भएको कार्यदलका अर्को सदस्य रामनरेश रायले बताए । रायका अनुसार शनिबार बस्ने कार्यदलको वार्तामा ११ बुँदेको ठोस धारणा लिएर प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीको कार्यदल आउने गरी शुक्रबारको वार्ता सकिएको हो । ‘वार्ताले सकारात्मक मोड लिएकाले दुवै पक्षले अर्को वार्तामा ठोस धारणा लिएर आउने सहमति भएको छ,’ रायले  भने । पहिले राजनीतिक सहमति गर्न मोर्चाको प्रस्ताव प्रमुख तीन दल र मधेसी मोर्चाको कार्यदलको शुक्रबारको वार्तामा मोर्चाले प्रदेशको सीमांकनको कुरा पहिले टुंगो लगाउन राजनीतिक सहमति गर्नुपर्ने प्रस्ताव गरेको छ । प्रमुख दलले उच्चस्तरीय राजनीतिक समितिको कार्यविधिमा छलफल केन्द्रित गर्न खोजेपछि मोर्चाले पहिले राजनीतिक सहमति, त्यसपछि प्राविधिक विषयमा छलफल गर्न उपयुक्त हुने धारणा राखेको थियो । ‘राजनीतिक सहमति नभई प्राविधिक विषयमा प्रवेश गर्नु उपयुक्त नहुने हाम्रो भनाइ छ,’ संघीय समाजवादी फोरमका सहअध्यक्ष तथा कार्यदलका सदस्य राजेन्द्र श्रेष्ठले भने । तर, प्रमुख दलले अझै साझा धारणा बनाउन सकेनन् प्रमुख दलले अनौपचारिक रूपमा मोर्चाका ११ बुँदे मागबारे बिहीबारको वार्तामा धारणा बताए पनि शुक्रबारको वार्तामा औपचारिक र ठोस धारणा राखेनन् । कांग्रेसका नेताहरू व्यस्त भएका कारण थप छलफल नभएकाले साझा धारणा बन्न नसकेको बताइएको छ । शुक्रबार कांग्रेस नेता तथा कार्यदल सदस्य महेश आचार्य पार्टीको विराटनगरमा आयोजित कार्यक्रममा गएका थिए । राष्ट्रसंघका विशेष दूतसँग मोर्चाको गुनासो हतारमा संविधान प्रमुख दलहरूले मोर्चाले राखेका मागहरू सम्बोधन गर्नुको सट्टा हतारमा संविधान जारी गरे । जसले गर्दा संविधान मधेसी, थारू, जनजाति, मुस्लिम तथा उत्पीडित क्षेत्रका जनताको अधिकार कटौती भएको छ । अहिलेको संविधानले अन्तरिम संविधानले दिएको अधिकारसमेत कटौती गरेको छ । र, समानुपातिक समावेशी सिद्धान्त अस्वीकार गरिएको छ । आन्दोलनकारीको हत्या भयो मधेसमा आन्दोलनरत जनताको हत्या सरकार पक्षले जानाजान बढाइरहेको छ । नियोजित रूपमा जातीय सफाया गरिरहेको छ । मधेसी जनतामाथि अत्याचार गरिएको छ । हत्या र हिंसा राज्य पक्षबाट भएको छ । जबकि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भएका मागहरू कार्यान्वयन गर्नुपर्छ भन्ने हाम्रो माग हो । हाम्रो माग नयाँ होइन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE