Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

घरघरमा ग्यास पाइपलाइनको प्रधानमन्त्रीको ध्वाँस अाधारहीन गफमात्रै : विज्ञ

\"kp-oli-final-final9-400\"काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भाषण गरेजस्तै जनताका चुलामा खाना पकाउने ग्यासका पाइप जोडिने हो भने राजधानी उपत्यकाको भूसतहमा रहेको मिथेन ग्यासले राजधानीवासीलाई बढीमा डेढ वर्ष मात्र थेग्न सक्छ। आजको नागरिक दैनिकमा खबर छ–२७ वर्षअघि जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले उपत्यकाका इमाडोल, तीनकुने, कोटेश्वर र त्रिपुरेश्वरसहित करिब २६ वर्गकिमी क्षेत्रमा ३१ करोड घनमिटर ग्यासभण्डार रहेको अनुमान गरेको थियो। प्रधानमन्त्री ओली शुक्रबार तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा एमाले एमाले उपत्यका समन्वय कमिटीले गरेको भेलालाई सम्बोधन गर्दै भन्दै थिए, ‘अब काँधमा सिलिन्डर बोकेर हिँड्नुपर्दैन। सिलिन्डर ग्यासको फेज समाप्त गरिदिन्छु। कति बुलेट आए भनेर गन्ने दिन गए।’ उनले भनेका थिए,‘समय दिनुस्, म पाइपलाइनबाट घरघरका चुलोमा ग्यास पुर्याटइदिन्छु। पिटिक्क खोल्दा अब पाइपबाटै भान्सामा ग्यास आउँछ, मिटरमा जति उठ्छ त्यति पैसा तिरे पुग्छ।’ उपत्यकावासीलाई उपत्यकाकै प्राकृतिक ग्यास झिकेर पाइपलाइनबाट बाँड्ने ओलीको प्रतिबद्धतालाई प्राविधिकहरू भने ‘आधारहीन गफ’ भन्न रुचाउँछन्। उनीहरूका अनुसार पाइपबाट ठूलो क्षेत्रमा ग्यास वितरण गर्न सम्भव देखिन्न। त्यसो गरिए उपत्यकाको ग्यास प्रयोगमा आएको डेढ वर्ष पनि टिक्दैन। जाइकाको अध्ययनले औसतमा एक परिवारलाई दैनिक ०।७५ देखि १ घनमिटर ग्यास आवश्यक हुने अनुमान गरेको थियो। ग्यास प्रयोगमा व्यापकता आएको अहिलेको अवस्थामा प्रत्येक परिवारलाई दैनिक कम्तीमा १ घनमिटर ग्यास आवश्यक हुने आधारमा एक वर्षमा ३ सय ६५ घनमिटर मिथेन ग्यास आवश्यक हुन्छ। केन्द्रीय तथ्यांक विभागको जनसंख्या तथ्यांकमा काठमाडौं, ललितपुर र भक्तपुरमा करिब ६ लाख १३ हजार घरपरिवार बस्छन्। यस आधारमा उपत्यकामा वर्षको करिब २२ करोड घनमिटरभन्दा बढी ग्यास आवश्यक हुन्छ। वर्षको २२ करोड खपत हुने भएपछि अध्ययनबाट देखिएको ३१ करोड घनमिटर ग्यास सकिन डेढ वर्ष पनि लाग्दैन। अहिले नेपालमा एलपिजी ग्यास खाना पकाउन प्रयोगमा छ। आयल निगमका अनुसार प्रत्येक महिना २५ हजार मेट्रिक टन ग्यास आयात भइरहेको छ जसमध्ये करिब ७० प्रतिशत काठमाडौंमा खपत हुन्छ। काठमाडौंमा खपत हुने एलपी ग्यास जो सिलिन्डरमा उपलब्ध हुन्छ। हरेक महिना काठमाडौं उपत्यकाका लागि मात्र महिनाको करिब १२ लाख सिलिन्डर ग्यास चाहिन्छन्। एउटा सिलिन्डरमा १४।२ किलो वजनका हिसाबले करिब ८ क्युबिक मिटर ग्यास हुन्छ। यस आधारमा १२ लाख सिलिन्डरमा ८ क्युबिक मिटरका हिसाबले महिनाको ९६ लाख क्युबिक मिटर ग्यास खपत भइरहेको देखिन्छ। अर्थात् वर्षको करिब ११ करोड ५८ लाख क्युबिक मिटर एलपी ग्यास राजधानीमै खपत भइरहेको छ। काठमाडौंको भूतहमा रहेको मिथेन ग्यास अहिले प्रयोगमा रहेको एलपी ग्यासको तुलनामा कमजोर हुन्छ, ताप र शक्तिका आधारमा। एलपिजीको तुलनामा मिथेन ग्यास दोब्बर लाग्छ। अर्थात् वर्षको करिब २३ करोड घनमिटर मिथेन ग्यास उपत्यकालाई मात्र आवश्यक हुन्छ। पाइपबाट जनसाधारणका चुलोमा जोड्न सकिने मिथेन ग्यास विश्वका विभिन्न देशमा प्रचलित छ। यसलाई सिलिन्डरमा प्रयोग गर्न मिल्दैन। अध्ययनअनुसार एक क्युबिक मिटर एलपी ग्यासबाट ९४ किलो जुल शक्ति निस्कन्छ जुन बिजुलीको युनिटका आधारमा करिब २५ युनिटबराबर हो। उता, एक घनमिटर मिथेन ग्यासबाट ३८ किलोजुल शक्ति निस्कन्छ। अर्थात् बिजुलीको युनिटका आधारमा त्यो १०.६ युनिट मात्र हो। त्यस्तो ग्यास उत्खनन, वितरण पाइपको सञ्जाल र जनताका चुलोमा पुर्या उन कति खर्च लाग्छ तरु खानी तथा भूगर्भ विभागका अधिकारी यसबारे विस्तृत अध्ययन नभएकाले जानकारी दिन नसकिने बताउँछन्। विभागका निर्देशक सहदेवप्रसाद महतो भन्छन्, \'विस्तृत अध्ययन भएको छैन। अध्ययन नभई केही भन्न मिल्दैन। हामी अध्ययन गर्दैछौं।\' गत वर्ष विभागले प्राविधिक रुपमा इमाडोलबाट मिथेन ग्यास निकाल्नेबारे अध्ययन गरेको भए पनि आर्थिक पाटो सार्वजनिक गरेको छैन। विगतमा ग्यास अध्ययनमा संलग्न खानी विभागका उपनिर्देशक उत्तमबोल श्रेष्ठ पनि विस्तृतमा अध्ययन नभई केही भन्न नसकिने बताउँछन्। श्रेष्ठका अनुसार जाइकाले गरेको अध्ययनको चार वर्षपछि २०५२ सालतिर खानी विभाग आफैंले पानी र ग्यास उपलब्धताबारे प्रारम्भिक अध्ययन गरेको थियो। \'त्यसबेला गरेको प्रारम्भिक अध्ययनका आधारमा अहिले बोल्न मिल्दैन\' २० वर्षअघि त्रिपुरेश्वरदेखि इमाडोलसम्मको करिव २६ किलोमिटर क्षेत्रमा ७२ वटा डिप ट्युबवेल जडान गरेर पानी र ग्यास दुवै निकाल्ने गरी अध्ययन भएको तर त्यसपछि खासै अनुसन्धान नभएको श्रेष्ठले बताए। \'हामीले विस्तृतमा अध्ययन गरेका छैनौंं\' श्रेष्ठले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE