Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

कांग्रेसमा संघीय संरचना अनुसार होइन, पुरानै संरचनामा महाधिवेशन हुने

\"10012016050309Congress-1000x0-600\"काठमाडौं । मुलुक संघीय संरचनामा गइसकेको भए पनि कांग्रेसको १३औँ महाधिवेशन पुरानै संरचनाअनुसार हुने भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–केन्द्रीय कार्यसमितिको आइतबारको बैठकले पुरानै व्यवस्थाअनुसारको संरचना रहने गरी केन्द्रीय निर्वाचन समितिले प्रस्तुत गरेको निर्वाचन निर्देशिका पारित गरेको छ । संघीय संरचनाअनुसार विधान नआउँदा पुरानै व्यवस्थाअनुसार निर्देशिका आएको हो । ‘नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०७२’ नाम दिइएको निर्देशिका पारित भएपछि अब पुरानै १४ अञ्चल र ७५ जिल्लाको संरचनाअनुसार महाधिवेशन हुने सम्भावना प्रबल रहेको केन्द्रीय सदस्य मीन विश्वकर्माले बताए । सहमति नजुटेपछि पुरानै संरचना देश सात प्रदेशको संघीय संरचनामा गए पनि १३औँ महाधिवेशनका लागि पारित निर्देशिका पुरानै संरचनाअनुसार जारी भएको समितिका संयोजक राधेश्याम अधिकारीले बताए । सुरुमा संघीय संरचनाअनुसार नै निर्वाचन प्रक्रिया अघि बढाउने छलफल भए पनि टुंगो नलागेको उनले बताए । ‘विधान संशोधन नभएकाले हामीले पुरानै संरचनाअनुसार अधिवेशन गर्ने गरी निर्वाचन निर्देशिका जारी गरेका छौँ,’ अधिकारीले नयाँ पत्रिकासँग भने, ‘गाउँ, नगर, क्षेत्र, जिल्ला, अञ्चल हुँदै केन्द्रमा आएपछि मात्रै संघीयताअनुसारको प्रावधानको विषय आउने हो, तल्लो तहमा समस्या हुँदैन ।’ उनले पार्टीको विधान संशोधन भएपछि संघीयताअनुसारको संरचनामा जाँदा पार्टीले आन्तरिक रूपमा निर्णय गर्न सक्ने बताए । यस्तो छ निर्देशिका निर्देशिकामा निर्वाचन मतदान अधिकृत तोक्ने, निर्वाचन गराउने, विधि–प्रक्रियाअन्तर्गत विद्युतीय भोटिङ मेसिन प्रयोग गर्नेदेखि सबै तहको उम्मेदवार बन्न लाग्ने दस्तुर, मतपत्र, प्रमाणपत्र वितरणसम्मका विषय छन् । मत बराबर भए गोलाप्रथाबाट विजयी घोषणा गरिने उल्लेख छ । निर्वाचनका वेला प्रत्येक पद, समावेशी र अञ्चलबाट प्रतिनिधित्व गर्ने कोटाका लागि केन्द्रमा छुट्टाछुट्टै मतपेटिका प्रयोग हुनेछ । जिल्ला तहको निर्वाचन गराउन पार्टी निकटको शिक्षक संघलाई जिम्मेवारी दिइएको छ । उम्मेदवार बन्न दुई सयदेखि २० हजारसम्म वडा, गाउँ, नगर, क्षेत्र, जिल्लादेखि केन्द्रमा पदाधिकारी र केन्द्रीय सदस्यमा मनोनयन दर्ता गर्न दुई सयदेखि २० हजारसम्म लाग्ने निर्देशिका उल्लेख छ । मनोनयनपत्र दाखिला गर्दा गाउँस्तरको सबै निर्वाचनका लागि दुई सय, नगरस्तरको सबै निर्वाचनका लागि पाँच सय, क्षेत्रका लागि एक हजार, जिल्ला सचिव, कोषाध्यक्ष र सदस्यको पदको निर्वाचनका लागि तीन हजार रुपैयाँ तोकिएको छ । यस्तै, जिल्ला सभापति पदका लागि पाँच हजार, केन्द्रीय सदस्यका लागि दश हजार, केन्द्रीय कोषाध्यक्ष, केन्द्रीय महामन्त्री पदका लागि १५ हजार र केन्द्रीय सभापतिका लागि उम्मेदवार बन्न २० हजार दस्तुर बुझाउनुपर्नेछ । दस्तुर बढी भएको गुनासो निर्वाचनका लागि तोकिएको दस्तुर बढी भएको गुनासो आइतबारको बैठकमा आएको एक नेताले बताए । केन्द्रीय सदस्यको उम्मेदवारी दिन लागि दश हजार रुपैयाँ दस्तुर राखिएकोमा केन्द्रीय सदस्य केबी गुरुङले विरोध जनाएका थिए । उनले अहिले तोकिएअनुसार दस्तुर बुझाएर उम्मेदवार बन्न आफूलाई समेत गाह्रो पर्ने भन्दै दस्तुर घटाउन माग गरेका छन् । उनको मागबारे सभापति सुशील कोइरालाको पनि सहमति देखिएको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए । निर्वाचन समितिले अधिवेशन सार्न सक्ने काबुभन्दा बाहिर अवस्था आए निर्वाचन समितिले गाउँदेखि जिल्लासम्मको अधिवेशनको मिति हेरफेर गर्न सक्ने निर्देशिकामा उल्लेख छ । ‘काबुभन्दा बाहिरको परिस्थिति उत्पन्न भएमा गाउँ, नगर, क्षेत्र र जिल्लाको अधिवेशनका निमित्त पूर्वनिर्धारित मितिमा सामान्य हेरफेर गर्न सकिनेछ,’ निर्देशिकामा भनिएको छ, ‘त्यसो गर्नुको कारणसहितको जानकारी केन्द्रीय निर्वाचन समितिलाई निर्वाचन अधिकृतले गराउनुपर्नेछ । तर, सामान्य तया केन्द्रीय निर्वाचन समितिले तोकेको मितिमै निर्वाचन सम्पन्न गर्नुपर्नेछ ।’ क्रियाशील सदस्यताबारे कुरै उठेन क्रियाशील सदस्यताबारे कांग्रेसमा अझै किचलो भए पनि आइतबारको बैठकमा खासै छलफल भएन । पार्टीले सदस्यताको विवरण बुझाएपछि नामावली वेबसाइटमा प्रकाशित गरिने निर्देशिकामा उल्लेख छ । निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले दुई सय ४० क्षेत्रमध्ये तीन–चार क्षेत्रमा मात्र क्रियाशील सदस्यताका विषयमा समस्या देखिएको भन्दै केही दिनमै विवाद मिलाएर दिने आश्वासन आएको जानकारी दिए । ‘उहाँहरूले क्रियाशील सदस्यताको नामावली सकेसम्म छिटो दिन्छु भन्नुभएको छ,’ अधिकारीले भने, ‘निर्वाचन समितिको वेबसाइटमा प्रकाशित गर्छौँ । त्यसपछि पारदर्शी हुन्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE