Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

हाँस्य कलाकारका नजरमा प्रधानमन्त्री ओली

\"PMकाठमाडौं । केपी ओली प्रधानमन्त्रीमा निर्वाचित भएको तीन महिना पुगेको छ । यसबीचमा उनले दिएका विभिन्न अभिव्यक्तिको आलोचना मात्र गरिएको छैन, ओलीले हास्यव्यंग्य गरे भन्दै उनको विभिन्न हास्य कलाकारसाग तुलना पनि गरिएको छ । एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने, घर–घरमा ग्यास पाइपलाइन जोडिदिनेजस्ता महत्वाकांक्षी योजना सुनाएपछि ओलीको बोलीप्रति सामाजिक सञ्जालमा पनि कटाक्ष गरिएको छ । यही सन्दर्भमा नयाँ पत्रिकाका लक्ष्मण सुवेदीले विभिन्न हास्य कलाकारलाई ओलीबारे सोधेका छन् । हास्य कलाकारको नजरमा यस्ता छन्, प्रधानमन्त्री केपी ओली : उहाँ सुपर कमेडी बा दीपाश्री निरौला प्रधानमन्त्रीज्यूले हाम्रो काम गरिदिइरहनुभएको छ । अहिले यसै पनि हास्य टेलिशृंखलाहरू बन्द भएर हामी बेरोजगार भएका छौँ । उहाँले जनतालाई हामीले भन्दा धेरै हँसाइरहनुभएको छ । स्टेजमा पर्फम गर्दा हामीले धेरै सोचेर तयारी गर्नुपर्छ । तर, उहाँले विनातयारी फ्याट–फ्याट हँसाइरहनुभएको छ । उहाँ ‘सुपर कमेडी बा’ हो । अहिले जनता यति धेरै समस्यामा छन्, यस्तो वेलामा आफ्नो पदीय दायित्वअनुसार तत्काल राहतको व्यवस्था गर्ने, वैकल्पिक उपाय अवलम्बन गर्ने तथा कष्टकर जनजीवन सामान्य बनाउन विशेष पहल गर्नतिरभन्दा उहाँ सस्तो लोकप्रियता कमाउनतिर लाग्नुभएको छ । एक वर्षमा लोडसेडिङमुक्त गराउँछु, ग्यासको पाइपलाइन आउनेछ भन्ने कुरा एकदम राम्रो हो । तर, सरकारको अहिलेको काम गराइ हेर्दा उहाँका उद्घोषहरू यति छिट्टै र बोलेझैँ सजिलै पूरा हुन्छन् भन्ने रक्तिभर विश्वास छैन । मन्त्रिमण्डल अझै पूरा भएको छैन । जनताको समस्याबारे भन्दा पनि उहाँहरू आफ्नै दुनो सोझ्याउनतिर लाग्नुभएको छ । अनेक आश्वासन दिएर जनतालाई आशावादीचाहिँ बनाउनुभएको छ । तर, जनताले विश्वास मान्न छोडिसकेका छन् । उहाँले लास्टै हँसाइरहनुभएको छ दीपकराज गिरी अहिले प्रायस् सबै हास्य टेलिशृंखला बन्द छन् । तर, प्रधानमन्त्रीज्यूले जनतालाई ती सिरियलको अभाव महसुस हुन दिनुभएको छैन । बडो हँसाइरहनुभएको छ । पहिलाका प्रधानमन्त्रीहरू काम पनि गर्दैनथे, कुरा पनि गर्दैनथे । तर, ओलीज्यूले कुरा बडो मीठो गरिरहनुभएको छ । कामको छेकछन्दसमेत छैन । ओली लास्टै हँसाउने खुबीका छन् । दिनहँुजसो जनतालाई नयाँ–नयाँ सपना बाँडेर हँसाइरहेका छन् । उहाँले देशलाई एक वर्षभित्र लोडसेडिङमुक्त बनाउँछु भन्नुभएको छ । मलाई लाग्छ, उहाँको यो घोषणा पूरा हुन एक वर्ष पनि लाग्दैन । केही समयमै पूरा हुन्छ, कसरी भने अहिले दिनको १४ घन्टा लोडसेडिङ भइरहेको छ । यही पारा रहिरह्यो भने केही समयपछि सरकारले २४सै घन्टा लोडसेडिङ गर्छ । बिजुली नै नभएपछि किन हुनुपर्‍यो लोडसेडिङ रु दुई महिनामा राजधानीमा इलेक्ट्रिक बस चल्ने घोषणा थियो, तीन महिना हुन लाग्यो । सायद, अब थन्किएको ट्रली बस चल्छ होला । हावाबाट बिजुली निकाल्ने मात्र होइन, बेच्नेसमेतको योजना छ । जनताले फ्रीमा मनोरञ्जन पाइरहेका छन् । हामीभन्दा पनि हास्य कलाकारका रूपमा उहाँ अहिले निकै चर्चित हुनुहुन्छ । उहाँले हामीलाई फ्लप खुवाइसक्नुभयो । छिमेकीको पर्याप्त सहयोग छैन, भूकम्पपीडित जनता हिउँमा पुरिएर बाँच्नुपरेको छ । ग्यास, डिजेल, पेट्रोल, औषधि केही पनि छैन । जनता भोकभोकै मर्ने अवस्थामा पुगेका छन्, तर प्रमज्यू भने यति महिना, उति महिनाभित्र भन्दै हावादारी भाषण गर्दै हिँड्नुभएको छ । विषम परिस्थितिमा प्रधानमन्त्री बन्नुभएकाले उहाँलाई राष्ट्रप्रेमी भनेर बुझिएको थियो । तर, जनताले अहिले धेरै दुस्ख पाएका छन् । सरकारले घोषित सामान्य काम पनि गरेको छैन । त्यसैले प्रमज्यूका योजना पूरा हुने कुरामा मलाई रत्तिभर पनि विश्वास छैन । कुरा गर्नुभन्दा तत्काल काम गरेर जनतालाई राहत दिनुपर्‍यो । योजना जोकजस्ता छन् ज्योति काफ्ले (नक्कली बाबुराम) नेपाल टेलिभिजनका हास्य टेलिशृंखलाहरू बन्द छन् । यसवेलामा उहाँले जनतालाई बिहान–बेलुका हँसाइरहनुभएको छ । दिन बिराएरजसो नयाँ–नयाँ योजना सुनाइरहनुभएको छ । तर, काम भने केही पनि सुरु भएको छैन । जनता टाउको लुकाउने ओत नभएर जाडोले मरिरहेका छन्, प्रधानमन्त्रीज्यू भने सस्तो लोकप्रियता बटुलिरहनुभएको छ । उहाँका अगाडि हामी हास्य कलाकर्मी फिक्का भएका छौँ । अब उहाँसँगको फोटो क्याप्सनमा वरिष्ठ हास्य अभिनेता प्रधानमन्त्री केपी ओलीका साथ दीपकराज गिरी, ज्योति काफ्ले, लेख्नुपर्ने स्थिति आएको छ । जनता भोकभोकै मरिरहेका छन्, तर उहाँका वरपर टन्न अघाएका कार्यकर्ता छन् । उनीहरू मस्त हाँस्छन् । प्रधानमन्त्रीज्यू कालोबजारी नियन्त्रण गर्छु भन्नुहुन्छ । बजारमा कालोबजारी झन् मौलाइरहेको छ । एक वर्षभित्र लोडसेडिङमुक्त बनाउँछु भन्नुभयो । त्यसको तीन दिनपछि फेरि लोडसेडिङ दुईचोटि बढिसक्यो । चीनबाट इन्धन ल्याएर आभाव पूरा गर्ने कुरा पनि चीनतिरै सेलायो । बोलेका कुनै पनि कामको सुरुवात नै नभएकाले उहाँका योजनालाई जनताले जोककै रूपमा लिइरहेका छन् । तर, काम गर्ने हो भने असम्भव भने छैन । यो पाराले कुनै योजना पनि पूरा हुने देख्दिनँ म । दीर्घकालीन योजना, तत्काल राहतका प्याकेज ल्याउनुपर्‍यो । हावादारीमा बोल्नाले उहाँ एकाएक वरिष्ठ हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यभन्दा पनि अझ चर्चित कमेडीयन बन्नुभएको छ । यो अहिले मात्रै होइन, कालान्तरमा पनि निकै घातक हुनेछ । कुरा होइन, तत्काल काम गरेर देखाउनुपर्छ । आठौँ आश्चर्य हुनेछ किशोर भण्डारी (डिठ्ठा साब) प्रधानमन्त्रीज्यूले हामी जनतालाई मन्टेश्वरीमा पढ्ने बच्चाझँै ठान्नुभएको छ । उहाँ कहिले एक वर्षमा लोडसेडिङको अन्त्य हुन्छ भन्नुहुन्छ, कहिले १० दिनमा नाका खुल्छ भन्नुहुन्छ, कहिले सरकारले हावाबाट त कहिले फोहोरबाट बिजुली निकालेर झिलिमिली पार्छ भन्नुहुन्छ । यो सब बच्चालाई हाहा–बाबु–हाहा † भनेर भुलाएझैँ लाग्छ । जनता त्यति लाटा छैनन्, उहाँका कुरा फ्याट्टै पत्याउने । अहिलेसम्म उहाँले भनेका कुनचाहिँ योजना पूरा भएका छन् त रु दुई महिनाभित्र काठमाडांैमा इलेक्ट्रिक बस चल्छ भन्नुभएको थियो । खै त, उहाँ प्रम भएकै तीन महिना भइसक्यो, कता छ इलेक्ट्रिक बस, चाइनाको इन्धन ? सबै कुरा बकबास र हावादारी छन् । विश्वास गर्ने आधार नै छैन । उहाँले भनेकै समयभित्रै उहाँका घोषणाहरू पूरा भएछन् भने आठौँ आश्चर्य हुनेछ । सरकारको काम गराइबाट सारा जनता आजित भएका छन् । प्रधानमन्त्री एक वर्षमा लोडसेडिङ अन्त्य हुन्छ भन्नुहुन्छ, ऊर्जामन्त्रीले ‘सुपरजोक’ भन्नुहुन्छ । लोडसेडिङ बढेको बढ्यै छ । जनता कालोबजारीको मारमा छन् । उहाँ मनमा जे आयो, त्यही भन्नुहुन्छ । अझै मन्त्रिमण्डल पूरा भएको छैन । आधा दर्जन उपप्रधानमन्त्री छन् । यो तालले कुनै कुरा पनि पूरा हुँदैनन् । आसमा बस्नु बेकार छ । उहाँको अहिलेको बोली प्रतिपक्षको जस्तो छ । पदीय दायित्वअनुसार उहाँको बोली फेरिएको छैन । त्यसैले उहाँ सुपर कमेडी एक्टरका रूपमा परिचित हुनुभएको छ । प्रमका योजना असम्भव छैनन् सीताराम कट्टेल (धुर्मुस) प्रधानमन्त्रीज्यूको आत्मबल निकै उच्च छ । उहाँले जति योजना पेस गर्नुभएको छ, ती असम्भव भने छैनन् । तर, सरकारको काम गराइको गति हेर्दा उहाँले भनेझँै जादुको छडीले छोएझँै समस्या समाधान हुने, योजना पूरा हुने भने देखिन्न । हामीले भूकम्पपीडितका लागि घर, चर्पी बनाउँदै हिँडेका छौँ । तर, सरकारसँग त साधनस्रोत सबै छ नि, काम गर्ने हो भने एक वर्षभित्र लोडसेडिङमुक्त, घर–घरमा ग्यास पाइपलाइन, मेट्रो ट्ेरनलगायतका व्यवस्था हुन सक्दैन भन्न सकिँदैन । सरकारी संयन्त्रलाई मजबुत गराएर काम गर्ने हो भने असम्भव छैन । पहिलाका प्रधानमन्त्रीहरूको कार्यकालमा उनीहरूले घोषणा गरेका कुरा पूरा नभएकाले अहिलेका प्रधानमन्त्रीको उद्घोषणप्रति पनि जनता आश्वस्त छैनन् । त्यसैले उहाँका कुरालाई जोकका रूपमा उडाइरहेका छन् । तर, उहाँले काम गरेर देखाउनुपर्छ । मैले त उहाँको लोडसेडिङसम्बन्धी भिडियो नै बनाएको छु । उहाँले भनेका कामहरू गर्ने हो भने असम्भव भने छैन । ‘मोस्ट कमेडी पिएम’ अर्जुन घिमिरे (पााडे बुढो) प्रधानमन्त्री केपी ओली सुरुमा त ठिकै लागेको थियो । राष्ट्रियताको सवाल उठिरहेका वेलामा उहाँले आफ्नो अडान राख्नुभयो । उहाँले चाहिँ देश र जनताका लागि केही गर्नुहुन्छ भन्ने सारा जनताले आस गरेका थिए । तर खै, यत्तिका दिनसम्म उहाँले के गर्नुभयो त रु अभाव, तनाव र दबाबले जनता त मरेका मर्‍यै छन् त रु अहिले प्रधानमन्त्रीज्यूले हामी कमेडी कलाकारलाई फ्लप पारिसक्नुभएको छ । उहाँले निकै आधुनिक र वैज्ञानिक हास्य तत्त्वहरू जनतामाझ प्रस्तुत गरिरहनुभएको छ । कमेडी सिरियल बन्द भएका वेलामा उहाँले हाम्रो काम पनि गरिदिइरहनुभएको छ । उहाँले नेपालका सबै कमेडी कलाकारलाई जितिसक्नुभएको छ । भारतीय कमेडियन कपिल शर्मालाई समेत फ्लप खुवाउन सफल हुनुभएको छ । उहाँले उद्घोष गरेका योजनाहरू सुन्दा आहा छन्, तर कार्यान्वयनमा भने निकै कठिन छ । त्यसैले त्यतातिर लाग्नुभन्दा पीडित जनतालाई तत्काल राहत दिने काम गरे हुन्थ्यो । नत्र उहाँलाई इतिहासले ‘मोस्ट कमेडी पिएम’का रूपमा व्याख्या गर्नेछ । जनता रुन्चे हाँसो हाँस्न बाध्य छन् पल्पसा डंगोल (चम्सुरी) कमेडी सिरियलको अभाव महसुस हुन दिनुभएको छैन । अनेक रमाइला जोकहरू गरेर पीडित जनतालाई अझ पीडित बनाउनुभएको छ । जनता आधा सिलिन्डर ग्यास नपाएर भोकभोकै छन्, उहाँ केही समयभित्रै घर–घरमा ग्यासको पाइप पुर्‍याउने कच्चा सपना बाँडिरहनुभएको छ । देश अन्धकार छ । उहाँ हावाबाट बिजुली निकालेर झलमल पार्ने कुरा गरिरहनुभएको छ । मधेसको समस्या अझ विकराल भइरहेको छ, सरकार वार्ताको नाटक गरिरहेको छ । जनताले अहिलेजस्तो दुस्ख त कहिल्यै पाएका थिएनन् । प्रधानमन्त्री भएर जनताको दुस्ख टुलुटुल हेर्दै जोक गर्दै हिँड्नुभएको छ । उहाँले चारवटा हास्य सिरियलको काम एक्लैले गरिरहनुभएको छ । विनायोजना योजना सुनाउँदा जनता रुन्चे हाँसो हाँस्न बाध्य छन् । उहाँले आफूले बोलेका कुरा पूरा गरेर देखाउनुभयो भने मात्रै जनताले स्यावासी दिनेछन् । बोल्ने होइन, काम गर्ने प्रम चाहियो शिवशंकर रिजाल (जोगिन्दर पानवाला) हाम्रा प्रधानमन्त्री र नेपाली फुटबल खेलाडी टिममा मैले अन्तर देखेको छैन । फुटबल खेलाडीले ९० मिनेटसम्म खेल्दा पनि गोल गर्न सकेका छैनन्, प्रधानमन्त्रीले पनि यतिका महिनासम्म जनतालाई राहत दिन सकेका छैनन् । खाली जोक, चुटकिला सुनाइरहेका छन् । हामीलाई धेरै बोल्ने होइन कि कम बोल्ने, तर धेरै काम गर्ने प्रधानमन्त्री चाहिएको छ । राष्ट्रको कार्यकारी प्रमुख भएर विनासुझबुझ, विनायोजना यति समयमा यो गर्छु, यतिमा त्यो गर्छु भनेर हल्का तवरले बोल्नु सही होइन । उहाँका कुराले जनताले हाँस्ने मौकाचाहिँ पाएका छन् । हामी हास्य कलाकारभन्दा उहाँका जोक, उखान–तुक्काले जनतालाई हँसाइरहेको छ । तर, उहाँ जति रसिक पाराको हनुहुन्छ, उहाँले जनताको मुहारमा पनि त्यत्ति नै खुसी ल्याउन सक्नुपर्छ । जनता इन्धन, खाद्यान, औषधि नपाएर भोकभोकै मरिरहेका छन् । भूकम्पपीडितले अहिलेसम्म टाउको लुकाउने ठाउँ पाएका छैनन् । तर, हाम्रा प्रमले भने तत्कालै हावाबाट बिजुली निकाल्ने, काठमाडांैमा रेल चलाउने, फोहोरबाट बिजुली निकालेर झलमल पार्ने, कोठा–कोठामा ग्यासको पाइप पुर्‍याउने आश्वासन बाँडिरहनुभएको छ । यो उहाँले भनेझैँ सहज र सजिलो पक्कै छैन । राष्ट्रको यस्तो जिम्मेवार व्यक्तिले हल्का कुरा गरेर हँसाउन फिटिक्कै सुहाउँदैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE