Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

हिउँ पन्साउँदै बित्छ रात

\"Pidit\"काठमाडौं । हिउँले अस्थायी टहरा पुरिन थालेपछि उत्तरी गोरखाका भूकम्पपीडितको दिनरात हिउँ पन्छाउँदैमा बित्ने गरेको छ । ‘दुई रात दुई दिन हिउँ पन्छाउँदैमा बित्यो,’ बारपाकका खेमराज घलेले सोमबार भने, ‘आज घाम लागेकाले अब पग्लेला कि ।’ आजको कान्तिपुर दैनिकमा खबर छ–अस्थायी टहराले हिउँको भार थेग्न नसक्ने भएकाले जागा बसेर पुरै रात कटाएको उनले बताए । टेन्ट र पालमुनि बसेकाको अवस्था हिमपातले दयनीय भएको उनले दुखेसो गरे । ‘म पनि टेन्टमै बसेको छु,’ उनले भने, ‘एक्कासि हिउँ परेपछि ज्यान जोगाउन मुस्किल पर्‍यो ।’ असिना, पानी, हुरीबतास र चट्याङसँगै हिमपात भएको उनले बताए । चिसो र ओसिलो ठाउँमा हिउँ जमेर बसेकाले हिँडडुल गर्न कठिनाइ भएको छ । ‘घाँस दाउरा गर्न जंगल जान सक्ने अवस्था पनि छैन,’ स्थानीय सरिता घलेले भनिन् । प्रहरी र स्थानीयले लाप्राकको गुप्सीपाखामा पुरिएका अस्थायी टहरोको हिउँ हटाउने काम थालेको प्रहरी निरीक्षक शंकर आचार्यले बताए । ‘अवस्था सजिलो छैन, तर गाउँलेसँग मिलेर सक्ने सहयोग गरिरहेका छौं,’ उनले भने । हिमपातले भत्किएका गैरसरकारी संस्थाका गोदाम पनि पुनर्निर्माण गरिएको उनले बताए । हिउँले पुरिएका ब्ल्यांकेट, त्रिपाल, कम्बल, सिरक, सोलार, औषधि निकालेर गाविसको जिम्मा लगाइएको छ । हिउँ थपिने हो कि भन्ने चिन्तामा गाउँले रहेको लाप्राक पुगेका असई कुलबहादुर अधिकारीले बताए । ‘अस्थायी टहराले हिउँको भार थेग्दैन,’ उनले भने, ‘थपिएन भने उद्धार सजिलो होला, नत्र गाह्रो छ स्थिति ।’ काशीगाउँस्थित नेपाल टेलिकमको टावरको सोलार पातामा समेत हिउँ जमेकाले लाप्राक, गुम्दा, केरौंजा र उहियालगायत क्षेत्रको सञ्चार अवरुद्ध छ । टेलिफोन मर्मतका लागि टेलिकमको क्षेत्रीय कार्यालयमा आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सेनाले बताए । राहत बोकेर गएको नेपाली सेनाको हेलिकप्टर लाप्राकमा बस्न नसकेर सदरमुकाम फर्किएको छ । न्यानो कपडा, औषधि र खाद्यान्न बोकेर गएको हेलिकप्टर मौसम खराबीका कारण अवतरण गर्न नसकेको भैरवी दल गणका गणपति शिवराज पन्तले बताए । ‘मौसम अलि अनुकूल देखियो भने राहत लैजाने कोसिसमा छौं,’ उनले भने । बारपाक पुग्ने बाटो पनि वर्षाका कारण हिलो र चिप्लो भएकाले उद्धार टोली र राहत सामग्री पुर्‍याउन मुस्किल भएको छ । लाप्राक हँुदै गुम्दा जाने कच्ची सडकमा हिउँ जमेको छ । यसले सवारीसाधन गुड्न र मानिस, पशुचौपाया हिँडडुल गर्न सक्ने अवस्था छैन । राहत र उद्धारमा पुगेका सवारीसाधन पनि लाप्राक र गुम्दामा अलपत्र परेका छन् । हिउँ परेका ठाउँमा गैरसरकारी संस्थालाई न्यानो सामग्री वितरण गर्न परिचालन गरिएको प्रजिअ तिमल्सेनाले जानकारी दिए । ‘पीडितलाई न्यानो कपडा किन्न सरकारले दिने भनेको १० हजारअन्तर्गतको जिल्लामा अपुग ३० करोडमध्ये १० करोड रुपैयाँ आज ९सोमबार० निकासा आयो, ९ वटा गाविसमा बाँड्न पठाएका छौं,’ उनले भने । न्यानो कपडाकै लागि अझै तीन गाविस र दुई नगरपालिकामा बाँड्न २० करोड रुपैयाँ नपुगेको उनको भनाइ छ । छाप्रा पुरिए धादिङ– जिल्लाका उत्तरी गाविसहरू झार्लाङ, सेर्तुङ, तिप्लिङ, लापा र रि क्षेत्रमा भूकम्पपीडितको छाप्रो हिउँले पुरिएको छ । कार्यालय प्रमुखहरूले आइतबार ती क्षेत्रको अवलोकन गरी पीडितहरू चिसोको चपेटामा झन् परेको बताएका छन् । पीडितको अवस्था झन् जोखिम हुँदै गएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending