Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

नहुने भो सहज एकता, वैद्य समूहमै देखियो दुई धार

\"maoist_flag\"काठमाडौं । एमाओवादीसँग एकताको विषयलाई लिएर क्रान्तिकारी माओवादीमा अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापा नेतृत्वका दुई धार देखा परेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ –दुवैले एकताको अनिवार्यतालाई जोड दिएका छन् । तर तत्कालै एकता गरिहाल्ने कि केही समयपछि सैद्धान्तिक छलफलबाट एकता प्रक्रियामा जाने भन्नेमा वैद्य र थापा समूहबीच मतभेद देखिएको छ । वैद्य सैद्धान्तिक विषयको टुंगो लगाएर एकता गर्नुपर्ने पक्षमा छन् भने थापा तत्काल एकता गरिहाल्नुपर्ने अडानमा छन् । केन्द्रीय समितिको जारी बैठकमा वैद्य र थापाले छुट्टाछुट्टै प्रस्ताव पेस गरेका छन् । दुई दिनदेखि तिनै प्रस्तावमा केन्द्रित रहेर सदस्यहरूले विचार प्रकट गरिरहेका छन् । वैद्यले नयाँ जनवादी क्रान्तिको तयारी गर्नुपर्नेमा जोड दिएका छन् । उनले नेपाली समाजको चरित्र अर्धसामन्ती नै रहेको व्याख्या गर्दै यी विषयमा सैद्धान्तिक रूपमा टुंगोमा पुगेर एकता गर्नुपर्नेमा जोड दिएका छन् । नेता सीपी गजुरेल लगायतका नेताहरूले वैद्यको धारणालाई समर्थन गरेका छन् । महासचिव थापाले भने समाजको अर्धसामन्ती चरित्र परिवर्तन भइसकेकाले नयाँ जनवादी क्रान्ति नभनीकन अन्य मोडलबाट आन्दोलनलाई अघि बढाउन सकिने विचार अघि सारेका छन् । माओवादी आन्दोलनलाई छिटो एकत्रित गर्नुपर्ने भएकाले त्यो उपलब्धि हासिल गर्न लाग्नुपर्नेमा जोड दिएका छन् । देव गुरुङ लगायतका नेताहरूले थापाको पक्ष लिएका छन् । शनिबार र आइतबार बोल्ने नेताहरूले वैद्य र थापाले अघि सारेका विषयमा विभाजित भएर मत प्रकट गरिरहेका छन् । ‘पार्टी एकताको आवश्यकता छ भन्नेमा सबैको मत मिल्छ,’ केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले भने, ‘कसरी गर्ने भन्ने आधारहरू बैठकबाट तय हुन्छन् ।’ झन्डै सात दिनसम्म चल्ने बैठकमा अध्यक्ष वैद्यले पेस गरेको प्रस्तावमाथि थापाले पूरक प्रस्ताव भन्दै पेस गरेका थिए । अर्का नेता कुलप्रसाद केसी र केन्द्रीय सदस्य न्यौपानेले पनि बैठकमा छलफलका लागि भन्दै आफ्ना लिखित प्रस्ताव अघि सारेका छन् । केसीले जनयुद्ध लडेका शक्तिबीच छिटो एकता हुनुपर्नेमा जोड दिएका छन् । न्यौपानले नयाँ पुस्तालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने र त्यसअनुसारका कार्यनीति कार्यदिशा तय गर्नुपर्ने धारणा अघि सारेका छन् । पार्टीभित्र विवाद भएपछि झन्डै चार वर्षअघि एमाओवादी टुक्रिएको थियो । वैद्य नेतृत्वको समूहले छुट्टै पार्टी गठन गरेको थियो । संविधानसभाको चुनावसमेत बहिष्कार गरेपछि वैद्य नेतृत्वको माओवादी नयाँ आन्दोलनमा पनि जान सकेन, बरु राजनीतिक मूलधारको राजनीतिमा प्रभावहीन बन्दै गयो । यही बीचमा नेत्रविक्रम चन्दको नेतृत्वमा एउटा समूह अलग्गिइसकेपछि पुनस् मूलधारमै फर्किर्नुपर्ने बहस क्रान्तिकारी माओवादीमा भित्रिएको हो । एकताका लागि वैद्यले पटकपटक एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग अनौपचारिक छलफल गरेका छन् । जारी केन्द्रीय समिति बैठकले तय गर्ने धारणाको आधारमा एकता प्रक्रियाको ठोस खाका बाहिर आउने नेताहरूले बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE