Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

देउवा–पौडेलबीच भिडन्तको स्थिति

\"Sher-Bahadur-Deuba-and-Ram-Chandra-Poudel-700-750\" काठमाडौं । कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन केही समय पर सार्न नेता रामचन्द्र पौडेल समूहले गरेको आग्रह निर्वाचन समितिले अस्वीकार गरेपछि उक्त पदका दाबेदार सभापति शेरबहादुर देउवा र नेता पौडेलबीच द्वन्द्व चर्किएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ – निर्वाचन समितिले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता चैत २३ गते र निर्वाचन २४ गतेका लागि तय गरेको छ। उक्त कार्यतालिकामा पौडेल समूहका प्रतिनिधि एवं केन्द्रीय सदस्य गुरु घिमिरेले नोट अफ डिसेन्ट लेखेका छन्। निर्वाचन समितिका सदस्य घिमिरेले निर्वाचन समितिका अध्यक्ष रमेश रिजाल र अर्का सदस्य सुरेन्द्र पाण्डेसमक्ष दलको नेता र संसदीय दल कार्यसमितिको निर्वाचन एकसाथ गर्नुपर्ने प्रस्ताव गरेका थिए। समितिले दलको नेताको निर्वाचन गर्न ढिलो भइसकेकाले सार्न नसकिने भन्दै बहुमतले निर्णय गरेपछि घिमिरेले नोट अफ डिसेन्ट लेखेका हुन्। शनिबार पौडेलका विशेष दूतका रूपमा कांग्रेसका नेताद्वय प्रकाशमान सिंह र डा। रामशरण महत देउवा निवास बूढानीलकण्ठ पुगेका थिए। उनीहरूले कांग्रेसभित्रको द्वन्द्वको अन्त्य र पार्टी एकताका लागि पौडेललाई संसदीय दलको नेता दिन देउवालाई दबाब दिएका थिए। यद्यपि देउवाले सिंह र डा. महतको प्रस्तावलाई ठाडै अस्वीकार गरेका थिए । सिंह र डा। महतको प्रस्ताव देउवाले अस्वीकार गरेको २४ घन्टा नबित्दै बसेको निर्वाचन समितिको बैठकले दल नेता र संसदीय दल कार्य समितिको निर्वाचन कार्यक्रम बहुमतको निर्णयबाट प्रकाशित गरेको हो। केन्द्रीय सदस्य रमेश रिजालको अध्यक्षतामा गठित तीन सदस्यीय निर्वाचन समितिमा सुरेन्द्र पाण्डे र घिमिरे सदस्य छन्। घिमिरेले नोट अफ डिसेन्ट लेखे पनि बहुमतले निर्वाचनको तिथि र कार्यक्रम प्रकाशित गरेको जानकारी रिजालले दिए। उनले भने, संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलको नेता नै नभएका कारण ५ गते बसेको बैठक १६ गतेसम्मका लागि स्थगित भएको छ। फेरि पनि कांग्रेसकै कारण दोस्रोपटक परिषद्को बैठक स्थगित हुँदैछ। राज्य सञ्चालनमा कांग्रेसका कारण अवरोध हुनु हुँदैन। कांग्रेसको नयाँ नेतृत्वले पनि १३औं महाधिवेशनको सन्देश जनताबीच पुर्याउनका लागि दलका नेता चयन ढिलो भइसकेको परिस्थितिमा घिमिरेको नोट अफ डिसेन्टलाई सम्मान गर्दै निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको हो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE