Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

वैद्य माओवादीको बैठकमा दाहालको प्रस्तावमाथि बहस

\"Baidhya-Badal-750\" काठमाडौं । विभाजित नेताहरूलाई एउटै केन्द्रमा ल्याउने पहलस्वरूप एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पठाएको प्रस्तावमाथि नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रीय समिति बैठकमा बहस भएको छ । आजको अन्नपूर्ण दैनिकमा खबर छ – दाहालप्रति अविश्वास रहँदारहँदै पनि माओवादी आन्दोलनका नेताहरू विभाजित हुँदा कार्यकर्तामा बढेको निराशा र पलायनप्रति चिन्तित युवा नेताहरूले एकताका पक्षमा बढी वकालत गरिरहेका छन् भने प्रौढ र वृद्ध नेताहरू सैद्धान्तिक अडानमा रहेर दाहालप्रतिको आशंका र अविश्वासलाई केन्द्रमा राखेर बहसमा सहभागी भएका छन् । परी थापाको नेतृत्वमा पार्टीमा मिसिन आएका नेताहरू भने दाहालसँग एकता गर्ने पक्षमा देखिएका छैनन् । जनयुद्ध लडेर आएका नेताहरू पनि मोहन वैद्य र रामबहादुर थापाको पक्षविपक्षमा विभाजित छन् । युवा नेता लेखनाथ न्यौपानेले आइतबारको बैठकमा राखेको ६ पृष्ठ लामो चारबुँदे ‘पार्टी स्कुल पुनर्गठनु सम्बन्धी प्रस्तावमा एमाओवादीसँगको एकतालाई अनिवार्य सर्त बनाएका छन् । विभाजित हुँदा माओवादीले पराजय भोग्नुपरेको कारण दर्शाउँदै न्यौपानेले वैचारिक बहस फराकिलो बनाउँदै एकता प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । सशस्त्र संघर्षको योजना, विकास र नेतृत्व गरेको पुरानो पुस्ताले वैचारिक नेतृत्व गरी सांगठनिक नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्ने, युवा पुस्तालाई समेट्ने नीति तथा कार्यक्रम बनाउनुपर्ने, मनोनीत प्रथा अन्त्य गरी संगठनलाई निर्वाचित हुने पद्धतिमा अगाडि बढाउनुपर्ने, पार्टीको विधानलाई अक्षरसः पालना गराउनुपर्ने र नेपाली समाजको वस्तुनिष्ठ विश्लेषण गरी त्यसअनुसारको कार्यक्रम बनाउनुपर्नेमा न्यौपानेको लिखित प्रस्तावमा उल्लेख छ । केन्द्रीय समितिमा सचिवालयका ३७ जना सदस्यले आइतबारसम्म आआफ्नो धारणा राखेका छन् । अघिल्लो दिनको बैठकमा वैद्यको प्रस्तावका पक्षमा वकालत गर्नेहरू बहुमत देखिएका थिए भने आइतबारको बैठकमा थापाको पूरक प्रस्तावका पक्षमा वकालत गर्ने बहुमत देखिएका छन् । संविधानसभाबाट घोषित संविधानलाई संसारकै समावेशी रहेको दाबी बाहिरी जगत्सँग गरे पनि दाहालले वैद्यलाई पठाएको एकता प्रस्तावमा ‘अंशमा उपलब्धि र मुख्य रूपमा परम्परागत रहेकोु उल्लेख गरेका छन् । वैद्यलाई पठाएको पत्रमा दाहालले जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिलाई पूर्णता दिने संघर्षमा बल प्रयोगको सिद्धान्तलाई स्वीकार गरेका छन् । वैद्यका पक्षमा वकालत गर्ने नेताले ‘दाहाल जे बोल्छन् त्यो गर्दैनन्, जे गर्छन् त्यो बोल्दैनन्ु भनेर आशंका गरेका छन् भने थापाका पक्षमा देखिएका नेताले वैचारिक बहसलाई फराकिलो घेरामा लगेर भए पनि पार्टी एकतालाई प्राथमिकतामा राखेका छन् । २०७१ मा नेत्रविक्रम चन्दले पार्टी विभाजन गराउँदा नेतृत्व तहका पाँच प्रतिशत र कार्यकर्ता तहमा ४० प्रतिशतको संगठन लिएर नयाँ पार्टी गठन गरेका थिए । ‘तर त्यसले हामीसँगै रहेका कार्यकर्तामा निराशा र पलायन ह्वात्तै बढयो, त्यसैले अब पनि विभाजनको रेखा कोर्नुभन्दा एकताबद्ध हुने कुरालाई जोड दिनुपर्छु, एक नेताले अन्नपूर्णसँग भने । ती नेताका अनुसार आफ्नो पार्टीका नेताहरू आफूलाई नसोधी दाहालसँग पार्टी एकताका पक्षमा छलफल गर्न गएकोप्रति पनि वैद्यले चित्त दुखाएका छन् । ‘पार्टी एकता ऐतिहासिक आवश्यकता होु, भनिएको अध्यक्ष वैद्यको प्रस्तावमा एकताप्रति विश्वास जगाउने भन्दा अविश्वास र आशंका जन्माउने पदावली बढी प्रयोग गरिएको ती नेताले बताए । ‘हामीले जहाँ बहस केन्द्रित गर्नुपर्ने हो, त्यहाँ गरिरहेका छैनौुं, ती नेताले भने । २०६९ मा वैद्यले दाहाल नेतृत्वको एमाओवादीबाट पार्टी विभाजन गराएका थिए भने २०७२ मा बाबुराम भट्टराईले एमाओवादी परित्याग गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE