Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

हुरी चल्दा थाम समाते ह्यारीले

\"princeकाठमाडाै । बेलायतका राजकुमार ह्यारी सोमबार दिउँसो दुई बजेतिर गोरखाको लापुबेसीको प्रभातकिरण माविका विद्यार्थीसँग भेटघाट कार्यक्रममा सरिक हुन जाँदै थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–उनी विद्यालयमा मात्र पुगेका थिए, एक्कासी हावाहुरी चल्न थाल्यो । ‘ठूलै हावाहुरी चल्यो । उनी हत्तपत्त विद्यालयको अफिस कोठाभित्र छिरे’ प्रधानाध्यापक जीव गुरुङले भने, ‘हामी शिक्षक स्टाफहरु नाल, थाम, बलो समातेर बसेका थियौं । उनी पनि त्यसै गर्न थाले ।’ २० मिनेट जोडदार हावाहुरी चलेको उनले बताए । ‘२० मिनेटसम्म हुरी चल्यो । कक्षा कोठाको जस्ता सबै उनकै आँखा अगाडि उँडायो । यो देखेर उनी डराएका पनि थिए’, प्रअ गुरुङले भने । त्यतिबेला कक्षा आठका विद्यार्थीहरु जिल्लास्तरीय परीक्षा दिइरहेका थिए । ‘छानो उडाएपछि जाँच दिइरहेका विद्यार्थीहरु भागाभाग भयो’ प्रअ गुरुङले भने ‘नैतिक बिषयका जाँच दिइसकेर स्थानीय बिषयको जाँच दिन थालेका थिए । जाँचै अधकल्चो भयो ।’ स्थानीय बिषयको परीक्षा भएकाले विद्यालयले नै निर्णय गरेर अर्को परीक्षा लिने उनले बताए । हावाहुरी थामिएपछि ह्यारीले शिक्षक विद्यार्थीहरुसँग सामुहिक तस्वीर खिचाएका थिए । प्रकोप आइरहने भएकाले पक्की विद्यालय भवन चाँडो बनाउन सुझाव दिएका थिए । ‘आज शिक्षक, विद्यार्थीसँग भेटघाट गर्ने कुराकानी गर्ने कार्यक्रम थियो’ प्रअ गुरुङले भने, ‘मैले हिजो नै सबै विद्यार्थीहरुलाई परीक्षा दिइसकेपछि ह्यारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी गराएको थिएँ । तर मौसमले साथ नदिँदा लामो कार्यक्रम हुन सकेन ।’ भेटघाटमा ह्यारीले विद्यार्थीहरुको समस्याको बारेमा जानकारी लिएका थिए । खाने, बस्ने, विद्यालय आउने समस्याको बारेमा सोधेका उनले बताए । विद्यार्थीसँग भेटघाट कार्यक्रम तय भएकाले सोमबार ह्यारी विद्यालय भवन निर्माणको काममा सहभागी भएका थिएनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE