Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

के होला ओली सरकार ?

\"PM-Oli\"काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसको नेतृत्वमा देउवा आएलगत्तै ओली सरकारको स्थायित्वमाथि आशंका गर्न थालिएको छ आजको नयाँ पत्रिका दैनिकमा खबर छ । देउवा फ्याक्टर कांग्रेस महाधिवेशन सम्पन्न भएपछि सरकारको विकल्पमा चिया चर्चा सुरु भएको हो । महाधिवेशनले ‘संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमति आवश्यक रहेको र त्यसका लागि कांग्रेस नेतृत्वको सरकार बनाउने एजेन्डा’ पारित गरेको छ । त्यसैले सरकारमा जाने मात्र होइन, त्यसको नेतृत्व गर्ने विषय कांग्रेसले महाधिवेशनबाटै प्रखर रूपमै उठाएको छ । तर, कांग्रेस महाधिवेशनको नीतिले भन्दा पनि सभापतिमा शेरबहादुर देउवाको चयनले सरकार परिवर्तनको विषयलाई बढी बल दिएको हो । सरकार परिवर्तनको खेलमा देउवा पहिलेदेखि नै अभ्यस्त मानिन्छन् । तर, यसपालि उनी बढी धैर्य देखिन्छन् । कांग्रेस संसदीय दलको नेतृत्वका लागि २४ चैतमा चुनाव हुँदै छ । सरकारमा तत्काल दाबी गरे दलको चुनाव बढी पेचिलो हुने र प्रतिउत्पादक हुनसक्नेमा देउवा सतर्क छन् । सरकारबारे कांग्रेसको स्पष्ट धारणा दलको चुनावपछि मात्र आउनेछ । ओली–प्रचण्डको मनोविज्ञान सत्तारुढ दल खासगरी एमाओवादीले राष्ट्रिय सहमतिको सरकारलाई महत्त्व दिइरहेको छ । एमाओवादी अध्यक्ष प्रचण्डले कांग्रेसको महाधिवेशन अघिदेखि नै सहमतिको सरकार बनाउनुपर्ने प्रस्ताव दोहोर्‍याइरहेका छन् । तर, सभापतिमा निर्वाचित हुनासाथ देउवाले पहिलो प्रतिक्रिया दिादै भने, ‘तीनवटा ठूलो दल सरकारमा बस्नुहुादैन, कांग्रेस प्रतिपक्षमा बस्छ ।’ तर, कांग्रेस महाधिवेशनपछि प्रधानमन्त्री ओली र एमाओवादीका अध्यक्ष प्रचण्डले सरकार ढल्दैन भनेर दोहोर्‍याइरहेका छन् । यसको मतलब कतै न कतै उनीहरू राजनीतिक र मनोवैज्ञानिक दबाबमा छन् भन्ने देखिन्छ । त्यसमाथि देउवाका विश्वासपात्र बालकृष्ण खाणले सार्वजनिक रूपमै भनेका छन्, ‘कांग्रेसको नेतृत्वमा संविधान बन्यो, उसकै नेतृत्वमा कार्यान्वयन हुन्छ ।’ तर, संसदीय अंकगणितले भने तत्काल कांग्रेस नेतृत्वको सरकार बन्न कठिन छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE