Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

फेसबुके प्रेमिकाद्वारा अपहरण गरी लुटपाट

\"facebook\"काठमाडौं । फेसबुकबाट चिनजान भएकी प्रेमिकासँग बिहे गरेर घरजम गर्ने योजनासहित स्वदेश फर्किएका एक युवक प्रेमिकाबाटै अपहरणमा परेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–गोरखा गुम्दा घर भएका ३१ वर्षीय शक्तिमान विकलाई फेसबुकबाट चिनजान भएकी काभ्रे भकुन्डेबेसीकी २३ वर्षीया पिया थापाले प्रेमको नाटकमा अपहरण र लुटपाट गरेकी हुन् । व्यापारका लागि भनेर भेट्न बोलाएर सहयोगी लगाई थापाले विकलाई अपहरण गराई पैसा र मोबाइल लुटपाट गराएकी हुन् । पिया र उनका वास्तविक प्रेमी ललितपुर इमाडोलका सन्तोष घिमिरेलाई प्रहरीले तीन साताअघि पक्राउ गरेको थियो । गत १४ फागुन बिहान ४ बजे विकको कोटेश्वरबाट अपहरण भएको थियो । २० फागुनमा महानगरीय प्रहरी वृत्त बानेश्वरले पिया र सन्तोषलाई पक्राउ गरेको हो । ५७ हजार नगद, मोबाइल, एटिएम लुटियो विकको ५७ हजार नगद, दुईवटा सामसुङ मोबाइल, एटिएमलगायतका धनमाल लुटिएको थियो । जसमध्ये २५ हजार नगद भने बरामद भएको डिएसपी चिमोरियाले बताए । प्रहरीले अपहरणमा प्रयोग भएको बा।३९प ५२१ नम्बरको मोटरसाइकलसमेत बरामद भएको छ । विकको मोबाइल, पावर बैंक भने थापाको कोठाबाट बरामद भएको छ । पक्राउ परेकालाई प्रहरीले अपहरण तथा शरीर बन्धकका साथै लुटपाट मुद्दा दायर गरेको छ । कतारमा रहँदा पियासँग फेसबुकमा चिनजान विक वैदेशिक रोजगारीमा कतारमा रहेका वेला उनको थापासँग फेसबुकमा चिनजान भएको थियो । च्याटमा कुरा गर्दागर्दै थापाले प्रेमको नाटक गरेकी थिइन् । नेपाल आउन र सँगै बस्ने अनि मिलेर व्यापार गर्ने उनले प्रस्ताव राखेकी थिइन् । सोहीअनुसार दुई महिनाअघि विक कतारबाट नेपाल आएका थिए । नेपाल आएर केही दिन गोरखा पुगेर फर्किएपछि पियासँगै व्यापार गरी सँगै बस्ने सपनासहित उनी काठमाडौं आएका थिए । तर, तिनै प्रेमिकाबाट उनी अपहरणमा परे । वास्तविक प्रेमीको योजनामा विकसँग प्रेमको नाटक डिएसपी चिमोरियाका अनुसार पियाले उनका वास्तविक प्रेमी घिमिरेसँग मिलेरै प्रेमको नाटक गरी अपहरणको योजना बनाएकी थिइन् । पक्राउ परेका घिमिरे पियासँग ‘लिभिङ टुगेदर’ का रूपमा बस्दै आएका थिए । दुवैजना बेरोजगार रहेको प्रहरीले जनाएको छ । घिमिरे मोटरसाइकलबाट पेट्रोल चोर्ने अपराधमा समेत संलग्न रहेको खुलेको छ । पक्राउ परेपछि उनीहरूले पैसाका लागि आफूहरूले त्यसरी प्रेमको नाटक गरी ठग्न खोजेको बताएका छन् । घटनामा संलग्न एक युवक फरार छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE