Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

सावधान ! छातीको क्यामेराले समाउला

\"traffic_20120312083827\"काठमाडौं । सवारी चलाउँदा सडक लेन मिच्दै हुनुहुन्छ ? सावधान, तपाईंको गल्ती अडियोरभिडियोयुक्त क्यामरामा कैद हुनेछ र तुरुन्तै कारबाहीमा पर्नुहुनेछ। भागे पनि ट्राफिक प्रहरीको मोटरसाइकलले पछ्याएरै तपाईंलाई दण्डित गर्नेछ। लेन मिच्ने र भाग्ने क्रम बढेपछि ट्राफिक प्रहरीकै छातीमा ‘गोब्रो’ क्यामरा जडान गरेर प्रमाण कैद गर्ने नयाँ रणनीति अपनाएको उपत्यका ट्राफिक महाशाखाका डीआईजी प्रकाश अर्यालले बताए। आजको कान्तिपुर दैनिकमा खबर छ–क्यामरासहितको लेन अनुशासन कारबाही सञ्चालन गरेको ८ दिनमा १३ सय २४ जना कारबाहीमा परिसकेका छन्। ‘पिक आवर’ मा मोटरसाइकलसहित छातीमा क्यामरा जडित प्रहरी परिचालन गरिएको उनले जनााए। ‘बिहान ९ देखि ११ बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म मोटरसाइकल चलाउने ट्राफिकको छातीमा क्यामरा जडान गरिएको छ,’उनले भने,‘अफिस जाने र फर्कने समयमा प्रत्येक व्यक्ति हतारमा देखिन्छन्, लेन मिचेर अर्को सवारी साधनलाई ओभरटेक गरेर अगाडि जान चाहन्छ।’ लेन मिचेर उल्टै ट्राफिक प्रहरीसँग अपशब्द प्रयोग गर्नेको प्रमाणसहित पुष्टि गर्न अडियोरभिडियोसहितको क्यामरा प्रयोगमा ल्याइएको उनले बताए। अर्यालका अनुसार ‘गो प्रो’ क्यामराले ५ मिटरसम्मको अडियो रेकर्डिङ र लामो दूरीसम्म तस्बिर कैद गर्नेछ। ‘लेन मिच्ने र उल्टै ट्राफिकले त्यतिकै कारबाही गरेको भनेर जिद्दी गर्नेलाई प्रमाणसहित देखाउन नयाँ रणनीति अपनाएका हौं,’उनले भने,‘भाग्यो भने पछ्याउनलाई मोटरसाइकलसमेत उपलब्ध गराएका छौं।’ पछिल्लो पटक लेन मिच्ने चालक संख्या निकै बढेको उल्लेख गर्दै उनले अत्यधिक संख्यामा कारबाहीसमेत गरेको बताए। सादा पोसाकका प्रहरीलाई पनि सडकका विभिन्न स्थानमा परिचालन गरिएको छ । पुतलीसडक–माइतिघर, थापाथली–माइतिघर, माइतिघर–टेकु, माइतिघर–नयाँ बानेश्र चोकसम्म विभिन्न स्थानमा यस्ता प्रहरी खटाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE