Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

पूर्वपत्नीका लागि विमान अपहरण

\"plane\"काठमाडौं । अलेक्जेन्ड्रियाबाट कायरो आइरहेको इजिप्ट एयरलाइन्सको फ्लाइट एमएस १८१ लाई मंगलबार एक प्राध्यापकले अपहरण गरे । मंगलबार बिहान अपहरणकारीले आफूसँग ‘सुसाइड बेल्ट’ भएको भन्दै विमानलाई साइप्रसको लार्नाका विमानस्थलमा अवतरण गराएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ– उनको उद्देश्य आफ्नी पूर्वपत्नीलाई मनाउनु मात्र रहेको अधिकारीहरूले बताएका छन् । विमानमा चालकदलका ६ सदस्य र ५६ यात्रु थिए । गिरफ्तार भए अपहरणकारी विमान अपहरण गरेको घन्टौँपछि उनले तीन विदेशी र चालकदलका चारसदस्यबाहेक सबैलाई मुक्त गरेका थिए । पछि थप पाँचजना विमानबाहिर निस्किएको देखियो । मंगलबार बिहान विमान अपहरण गरेका उनले अपराह्न सुरक्षाबलसामु आत्मसमर्पण गरे । घन्टौँसम्मको नाटकीय घटनाक्रमपछि अन्तमा साइप्रसको विदेश मन्त्रालयले ट्विटरमार्फत ‘संकट समाप्त भएको र अपहरणकारी गिरफ्तार भएको’ जानकारी दियो । उनी इजिप्टेली नागरिक सैफ अल्दजी मुस्ताफा भएको साइप्रसको विदेश मन्त्रालयले जनाएको छ । कहाँबाट भयो विमान अपहरण ? फ्लाइट एमएस १८१ इजिप्टको अलेक्जेन्ड्रियाबाट काबुल गइरहेको थियो । विमान उडेको केही समयपछि एयर ट्राफिक कन्ट्रोलले आपत्कालीन सन्देश पठायो । अलेक्जेन्ड्रिया कायरोबाट एयर डिस्टेन्स एक सय ८० किलोमिटर छ । यो दूरी पार गर्न करिब ४५ मिनेट लाग्छ । तर, विमान अपहरणमा परेको घोषणा भयो र दिशा मोडेर विमानलाई साइप्रस पुर्‍याइयो । अवतरण भएपछि के भयो ? अपहरणमा परेको भनिएको विमान मंगलबार बिहान ७ बजेर १५ मिनेटमा साइप्रसमा अवतरण भएको थियो । विमान साइप्रस आएपछि सरकारले उनीसँग वार्ता गर्ने प्रयास थाल्यो । सुरुमा उनले इजिप्टका जेलमा रहेका सबै महिलालाई रिहा गर्नुपर्ने माग राखे । सुरक्षाफौज सक्रिय हुन थालेपछि उनले आफूसँग भएको ‘सुसाइड बेल्ट’ विस्फोट गराउने धम्की दिए । लार्नाक विमानस्थलमा उनले विस्तारै यात्रुहरूलाई मुक्त गर्न थाले । तर, सातजनालाई भने विमानमै राखे । विमानका पाइलट, को–पाइलट, एयर होस्टेज, एयर मार्सल र तीनजना यात्रुलाई मुक्त गर्न उनी मानिरहेका थिएनन् । यसबीच, केही अधिकारीहरू उनीसँग कुरा गरिरहेका थिए । तर, उनले कुनै स्पष्ट माग वा सर्त अघि सारिरहेका थिएनन् । त्यसपछि विमानस्थल बन्द गरियो र त्यहाँ अवतरण हुने सबै उडान अन्तै ‘डाइभर्ट’ गरिएका थिए । ‘आतंककारी होइन, मूर्ख’ साइप्रसका राष्ट्रपति निकोस अनास्तासिएदले घटना आतंकवादबाट अभिप्रेरित नभएको बताए । ‘उनी आतंककारी होइनन्, मूर्ख हुन्,’ राष्ट्रपतिले भनेका थिए । अपहरणकारी मायाबाट अभिप्रेरित भएको हो भन्ने प्रश्नको जवाफमा राष्ट्रपति अनास्तासियादेसले हाँस्दै ‘जुनसुकै घटनाका पछाडि महिला हुन्छ’ भनेका थिए। अधिकारीहरूले उनले आफ्नी पूर्वपत्नीलाई सन्देश दिन विमानलाई साइप्रस पुर्‍याएको बताए । अपहरणकारीकी पूर्वपत्नी साइप्रसमा बस्छिन् । विमान आकाशमा उडिरहेका वेला उनले अरबी भाषामा लेखिएको एउटा पत्र विमानबाहिर फ्याँकेका थिए । उनी चाहन्थे, यो पत्र उनको पूर्वपत्नीसम्म पुगोस् । अपहरणकारीसँग सेल्फी नागरिक उड्डयन मन्त्रालयले विमानमा २६ जना विदेशी रहेको जनाएको छ । उनीहरूमध्ये आठ अमेरिकी, चार बेलायती, चार डच, दुई बेल्जियन, दुई ग्रिसेली, एक फ्रान्सेली, एक इटालियन र एक सिरियाली थिए । अन्य तीन विदेशीको पहिचान हुन सकेको छैन । उनीहरूमध्ये कसैले अपहरणकारीसँग खिचेको सेल्फी सामाजिक सञ्जालमा राखेका थिए, जुन अहिले भाइरल बनेको छ । अपहरणमुक्त भएका यात्रुलाई ल्याउन एउटा अर्को विमान लार्नाकामा पठाइएको नागरिक उड्डयनमन्त्री सरिफ फातीले बताए । उनकी पत्नी भनिएको महिलासँग विमानस्थलमै सोधपुछ भइरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE