Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

शोभराजले खान नपाएकासहित प्रधानमन्त्री कार्यालयविरुद्ध २२८ मुद्दा

\"pm-office-singhadurbar\"काठमाडौं । सर्वोच्च अदालतमा २० हजारभन्दा बढी मुद्दा विचाराधीन छन् । तीमध्ये प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयविरुद्धका मात्र २२८ मुद्दा छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–ती मुद्दा १ साउन ०७२र७३ यताका मात्रै हुन् । गत आवको तुलनामा चालू आवमा मुद्दाको चाप घटेको कार्यालयका सहसचिव रमेश ढकालले जानकारी दिए । आव ०७१र७२ मा प्रधानमन्त्री कार्यालयविरुद्ध करिब तीन सय मुद्दा परेका थिए । क–कसका विरुद्ध मुद्दा ? अदालतमा नेपाल सरकार मन्त्रिपरिषद् कार्यालय, प्रधानमन्त्री कार्यालय र मुख्यसचिवका विरुद्धमा मुद्दा परेका छन् । ‘प्रधानमन्त्रीलाई व्यक्तिगत रूपमा नै विपक्षी बनाइएका मुद्दा कम छन्,’ प्रधानमन्त्री कार्यालयका कानुनी महाशाखा प्रमुख सहसचिव रमेश ढकालले नयाँ पत्रिकासँग भने, ‘सबैभन्दा बढी मन्त्रिपरिषद् र त्यसपछि प्रधानमन्त्री कार्यालयका नाममा मुद्दा पर्ने गरेका छन् ।’ मुख्यसचिवविरुद्ध पनि झन्डै आधा दर्जन मुद्दा परेका छन् । सर्वोच्च अदालतमा मात्रै होइन, पुनरावेदन अदालत र जिल्ला अदालतमा मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयविरुद्ध मुद्दा परेको ढकालले जानकारी दिए । उनका अनुसार दुई सय २८ मुद्दामध्ये ९० प्रतिशत मुद्दा सर्वोच्चमा छन् । ५ प्रतिशत पुनरावेदन र ५ प्रतिशत मुद्दा जिल्ला अदालतमा परेका छन् । कस्ता–कस्ता मुद्दा छन् ? १. शोभराजले पेटभरि खान पाएनन् केन्द्रीय कारागारमा रहेका कुख्यात अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराजले सरकारले पेटभर खान नदिएको भन्दै सर्वोच्चमा मुद्दा दर्ता गरेका छन् । बन्दी तथा थुनुवालाई पेटभर खाना दिनुपर्ने मागसहित उनले ११ असोजमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका हुन् । २. पदबहालीका आधा दर्जन मुद्दा प्रधानमन्त्री केपी ओलीले पदबहाली गरेयता नियुक्तिका विषयमा झन्डै आधा दर्जन मुद्दा परेका छन । नेसनल ट्ेरडिङ लिमिटेडका महाप्रबन्धकबाट हटाइएको भन्दै पूर्णशंकर वसीले २३ कात्तिकमा रिट दर्ता गरेका छन् । पशुपति विकास कोषको सदस्यसचिवबाट हटाइएको भन्दै गोविन्द टन्डनले पनि २ मंसिरमा रिट दर्ता गरेका थिए । ६ मंसिरमा नारायण कोइराला, महादेव बडू, विजयनारायण श्रेष्ठले गरिबी निवारण कोष सदस्यबाट रिट दर्ता गरे । राधाकुमारी शाहीले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको अध्यक्षबाट हटाइएको भन्दै १६ पुसमा रिट दर्ता गरेकी छिन् । यस्ता केही मुद्दामा अदालतले पुनर्वहाली गरिदिएको पनि प्रधानमन्त्री कार्यालयका सहसचिव ढकालले बताए । ३. दोहोरो सुविधा चाहियो सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा ६ फागुन ०७२ मा मन्त्रिपरिषद्ले एउटै व्यक्तिले सरकारी सेवा–सुविधा दोहोरो लिन नपाउने निर्णय गर्‍यो । तर, लोकसेवा आयोगका पूर्वसदस्य कयोदेवी यमी, टीकादेवी निरौलाले मन्त्रिपरिषद्विरुद्ध सर्वोच्चमा अलग–अलग मुद्दा दर्ता गरे । उनीहरूले १२ फागुनमा दर्ता गरेको मुद्दाको जवाफ प्रधानमन्त्री कार्यालयले ११ चैतमा मात्रै सर्वोच्चमा पठाएको छ । ४. मन्त्रिपरिषद् ठूलो भयो प्रधानमन्त्री केपी ओलीले सत्तासमीकरण मिलाउन धेरै मन्त्री बनाए र मन्त्रालयसमेत टुक्र्याए । जथाभावी मन्त्रालय टुक्र्याउँदै मन्त्रिपरिषद् विस्तार गरेको भन्दै कञ्चनकृष्ण न्यौपानेले १७ पुसमा प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता गरेका छन् । सो मुद्दा विचाराधीन छ । ५. भूकम्पपीडितले राहत पाएनन् १२ वैशाखको विनाशकारी महाभूकम्पबाट पीडित परिवारले उद्धार तथा पुनस्र्थापनामा राहत सामग्री नपाएको भन्दै अधिवक्ता माधवकुमार बस्नेतले २४ पुसमा सरकारविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता गरेका छन् । भूकम्पपीडित तथा प्रभावित व्यक्तिलाई सहायता सामग्री तत्काल उपलब्ध गराउन सरकारलाई निर्देशन दिन उनले माग गरेका छन् । ६. मधेस आन्दोलन उकासियो आन्दोलनका क्रममा ज्यान गुमाउने परिवारलाई मधेसी मोर्चाले आन्दोलन सफल भएपछि ५० लाख उपलब्ध गराउने घोषणा गरेको थियो । त्यस्तो घोषणा गर्न मधेसी दलहरूलाई सरकारले मनोवैज्ञानिक रूपमै उकासेको भन्दै अमृत खरेलले १४ भदौमा प्रधानमन्त्री कार्यालयविरुद्ध मुद्दा दर्ता गरेका हुन् । यस्ता पनि छन् मुद्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयविरुद्ध मूल्य तिरेर संविधान खरिद गर्नुपरेको, अनाहकमा थुनामा बस्न बाध्य पारिएकाले बसेको अवधिको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, प्रहरी नियमावली संशोधन गर्नुपर्ने मुद्दा परेका छन् । त्यस्तै नोकरी अवधि गणना गर्नुपर्नेलगायतका मुद्दा पनि अदालतमा परेका छन् । प्रधानमन्त्रीलाई मानहानिको मुद्दा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाविरुद्ध सर्वोच्च अदालतमा पाँचवटा मुद्दा परेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । कार्यालयका अनुसार प्रधानमन्त्री केपी ओलीविरुद्ध भने अपहेलना मुद्दा परेका छैनन् । प्रधानमन्त्री केपी ओलीले पदबहाली गरेयता नियुक्तिका विषयमा झन्डै आधा दर्जन मुद्दा परेका छन । नेसनल ट्ेरडिङ लिमिटेडका महाप्रबन्धकबाट हटाइएको भन्दै पूर्णशंकर वसीले २३ कात्तिकमा रिट दर्ता गरेका छन् । पशुपति विकास कोषको सदस्यसचिवबाट हटाइएको भन्दै गोविन्द टन्डनले पनि २ मंसिरमा रिट दर्ता गरेका थिए । ६ मंसिरमा नारायण कोइराला, महादेव बडू, विजयनारायण श्रेष्ठले गरिबी निवारण कोष सदस्यबाट रिट दर्ता गरे । राधाकुमारी शाहीले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको अध्यक्षबाट हटाइएको भन्दै १६ पुसमा रिट दर्ता गरेकी छिन् । यस्ता केही मुद्दामा अदालतले पुनर्वहाली गरिदिएको पनि प्रधानमन्त्री कार्यालयका सहसचिव ढकालले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE