Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

यसकारण भयो, माओवादी बैठकमा गृहमन्त्रीको आलोचना

\"Shakti-Basnet\" काठमाडौं, २३ असार । माओवादी केन्द्रको पोलिटब्युरो बैठकमा गृहमन्त्री शक्ति बस्नेतको आलोचना भएको छ । धनुषाको एक विद्यालय व्यवस्थापन समितिको विवादमा अनावश्यक बल प्रयोग गरी आफ्नै पार्टीका पोलिटब्युरो सदस्यसहित ६ नेता–कार्यकर्तालाई पक्राउ गराएको भन्दै गृहमन्त्री बस्नेतको आलोचना भएको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – धनुषाको जनता माविको विद्यालय व्यवस्थापन समितिको विवादमा पोलिटब्युरो सदस्य तथा धनुषा जिल्ला इन्चार्ज रामचन्द्र मण्डलसहित ६ जनालाई १८ असारमा प्रहरीले पक्राउ गरी सार्वजनिक अपराधको मुद्दा चलाएको थियो । पक्राउ परेका नेता–कार्यकर्ता दुई दिनपछि जनही तीन हजार रुपैयाँ धरौटीमा छुटेका थिए । बस्नेतले घटनाबारे दिएको स्पष्टीकरणपछि केही केन्द्रीय सदस्यले गृहमन्त्रीको राजीनामासमेत माग गरेका थिए । केन्द्रीय सदस्य टंकमणि शर्मा बन्जाडेलगायतका नेताले राजीनामा मागेका हुन् । भिसा प्रकरणको छानबिन गर्न समिति माओवादी केन्द्रले सरकारी कागजपत्र नक्कली बनाई स्पेन जान तयारी गरेका आफ्ना आठ सांसदको अनुसन्धानका लागि छानबिन समिति गठन गरेको छ । अनुशासन आयोगका संयोजक अमिक शेरचनको नेतृत्वमा कृष्णबहादुर महरा र पम्फा भुसाल रहेको छानबिन समिति गठन गरिएको हो । माओवादी केन्द्रका सांसदहरू डोरप्रसाद उपाध्याय, सिर्जना तमारु खत्री, राममाया बोगटी, रूपा महर्जन, सन्तकुमार थारू, दिलमाया धामी र धना पहरीमाथि केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन शुरु गरेपछि माओवादीले पनि अनुसन्धानका लागि समिति गठन गरेको हो । ती सांसदले स्पेन जान भिसा माग गर्दै पेस गरेको सरकारी कागजपत्रमा थप एक–एकजना सहयोगीको नाम र कार्यक्रमको सेडुअलसमेत नक्कली बनाई पेस गरेको आरोप छ । माओवादी बैठकमा आरोपितमध्येका एक सांसद सन्तकुमार थारूले घटनाका विषयमा जानकारी गराएका थिए । उनीहरूले पार्टीकै सांसद जानकीकुमारी साउदका दाइमार्फत रोहित खड्काको सम्पर्कमा पुगेको र आफूहरूलाई फसाइएको स्पष्टीकरण पार्टीमा दिएका छन् । कार्यविधिमा सुझाब राख्ने क्रम जारी बैठकमा वर्षमान पुनले पेस गरेको पार्टीको संगठनात्मक कार्यविधि र निर्वाचन प्रणालीको कार्याविधिमा बुधबार पनि नेताहरूले सुझाब दिएका छन् । नेताहरू हितराज पाण्डे, डाचाराज वाग्ले, सुरेश आलेमगरलगायतका २२ नेताले सुझाब दिएका हुन् । धेरैजसोले कार्यविधिको समर्थन गरे पनि केहीले भने त्यस्तो संरचना निर्माण भए पार्टी जातजातिको महासंघमा परिणत हुने टिप्पणी गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE