Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

यस्ता छन्, एमाओवादी केन्द्रको सरकार सम्बन्धी ५ तर्क

\"maobadi काठमाडौं, २४ असार । माओवादी केन्द्रले राष्ट्रिय सरकार सम्बन्धमा ५ वटा तर्क अघि सारेको छ । आजको नयाँ पत्रिका दैनिकका अनुसार ती पाँच तर्कहरु निम्नानुसार छन् : १. संविधान कार्यान्वयन संविधान कार्यान्वयनका लागि व्यवस्थापिका–संसदले विभिन्न ऐन–नियमहरु बनाउनुपर्नेछ । कानुन मन्त्रालयका अनुसार एक सय ३९ ओटा कानुन संसद्ले बनाउनुपर्नेछ । त्यसका लागि सबै राजनैतिक दलका बीचमा सहमति आवश्यक भई संसद्को दुई तिहाइ बहुमतको आवश्यकता पर्दछ । २. निर्वाचनको वातावरण निमार्ण संविधानअनुसार ७ माघ २०७४ सम्म स्थानीय निकाय, प्रदेश र केन्द्रको निर्वाचन गरिसक्नुपर्नेछ । त्यसका लागि पनि पहिले कानुन निमार्ण गर्नुपर्ने हुन्छ । राजनैतिक दलहरुका बीचमा सहमति बनाई निर्वाचनको मिति घोषणा गर्नुपर्ने हुन्छ । ३. पुनर्निर्माण, राहत र पुनस्र्थापना भूकम्पको एक वर्ष लामो अवधिसम्म पनि प्रभावितहरुले आफ्नो घर निमार्ण गर्न सकेका छैनन् । प्रभावितलाई राहत उपलब्ध गराउने विषयमै सरकार र प्रतिपक्षी दलका बीचमा सहमति नहुँदा संसद्समेत केही दिन प्रभावित बन्न पुग्यो । माओवादी केन्द्रले सो काम गर्न पनि मुख्य दलहरुबीचमा सहमति आवश्यक रहेको बताए । ४.शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन जनयुद्धकालमा माओवादीको तत्कालीन जनसत्ताले रोल्पा, रुकुम। प्युठान, सल्यानलगायतका क्षेत्रमा गरेको जग्गा रजिस्ट्रेसनको काम अझै पनि राज्यको बैधानिकतामा आउन सकेको छैन । माओवादीले कतिपय नेताहरुमाथि अझै पनि अदालत र प्रहरीमा मुद्दा चलिरहेको छ । द्धन्दकालीन मुद्दाको छिनोफानो सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत गराउने गरी कानुन बनाउन पनि सहमति आवश्यक रहेको माओवादीको तर्क छ । ५. प्रतिगमनका सम्भावित खतरा रोक्न गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताजस्ता विषय माओवादीले संविधानमा उल्लिखित उपलब्धिका रुपमा व्याख्या गर्दै आएको छ । तर ती उपलब्धी जोखिममा पर्ने गरी चलखेल बढेको बुझाई माओवादीको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE