Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

शशांकको स्वास्थ्यमा चामत्कारिक सुधार

\"kc-660x330\" काठमाडौं, २४ असार । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा सुधार भएको छ । बिहीबार दिउँसो ३ बजेपछि उनलाई कृत्रिम श्वासप्रश्वास प्रणाली (भेन्टिलेटर)बाट हटाइएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – फोक्सोको निमोनियाका कारण अचेत भएका उनको ओम अस्पतालमा उपचार भइरहेको छ । चमत्कार भयो : डा. जोशी उपचारमा संलग्न डा. लवनरसिंह जोशीले कोइरालाको स्वास्थ्यमा सुधार देखिँदै जानु एक प्रकारको चमत्कार भएको बताए । ‘डाक्टरसा’बको ज्यान बचाउन सकिन्छ भन्ने आशा निकै कम थियो,’ बिहीबार साँझ गरेको पत्रकार सम्मेलनमा जोशीले भने, ‘अचेत भए पनि हामीले प्रयास छाडेनौँ । उहाँ रिकभर हुनुभयो । यो एक प्रकारको चमत्कारजस्तै हो ।’ आइसियूमा राखेर उपचार कोइरालाको आइसियूमा राखेर थप उपचार भइरहेको छ । मंगलबार अस्पताल भर्ना भएका उनलाई बुधबार बिहान एक्कासि बान्ता हुँदा सर्किएर फोक्सोमा पसेपछि निमोनिया भएको थियो । बुधबार बिहान ५ बजेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । तर, २४ घन्टा एन्टिबायोटिक चलाएपछि उनी बुधबार बेलुका केही प्रतिक्रिया जनाउन सक्ने भएका थिए । बिहीबार बिहानबाट भने उनले चिनेका मान्छेले बोलाउँदा प्रतिक्रिया दिने गरेका थिए । दिउँसो ३ बजेपछि भेन्टिलेटरबाट हटाइएको थियो । रगतको माध्यमबाट शरीरका अन्य अंगमा संक्रमण सरे पनि चिकित्सकहरूको नियमित उपचार गरेर नियन्त्रणमा ल्याएका छन् । बुधबार डाक्टरले अवस्था क्रिटिकल रहेको भन्दै अन्यत्र पनि थोरै असर देखिएको बताएका थिए । बिहीबार उनको ब्लडप्रेसर, अक्सिजन र पिसाबमा समेत सुधार आएको उपचारमा संलग्न चिकित्सक डा. लवनरसिंह जोशीले जानकारी दिए । कोइरालाको ब्लडप्रेसर १२०र८० छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE