Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

बालुवाटारमा तीन ठूला पार्टीका अध्यक्षबीच के भयो कुराकानी ?

\"Baluwatar\" काठमाडौं, २४ असार । माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकारका पक्षमा अडान दोहोर्‍याउँदै सरकारसँग वार्ता गर्ने निर्णय गरेको छ । बिहीबार सकिएको पोलिटब्युरो बैठकपछि नेताहरुले एमालेसँग वैशाख २३ मा भएको नौबुँदे सहमति र तीनबुँदे भद्र सहमति कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री केपी ओलीसँग खुला ढंगले छलफल चलाउने निर्णय भएको बताए । आजको कान्तिपुर दैनिकमा खबर छ – माओवादी केन्द्रले यसअघि नै एमाले र कांग्रेससग सहमतीय सरकारको कुरा अघि बढाइसकेकाले अब पछि नहट्ने समेत त्यसका नेताले बताए । यसैबीच माओवादी केन्द्रको बैठक सकिएलगत्तै ठूला तीन पार्टीका अध्यक्षहरुबीच भेटघाट भएको छ । पोलिटब्युरो बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी ओली, माओवादी अध्यक्ष दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटघाट भयो । बिहीबार बेलुकी पाच बजे तय भएको भेटघाट माओवादी पोलिटब्युरो बैठक लम्बिएकाले ७ बजेमात्रै सुरु भएको बालुवाटार स्रोतले बतायो । बैठक सवा घण्टा चलेको थियो । सहमतीय सरकार गठन गर्न एमाले पछि हटेको तथा भद्र सहमति कार्यान्वयन नभएकाले अध्यक्ष दाहाल बालुवाटार गएको प्रवक्ता भूसालले बताइन् । तर दाहालसगै बैठकमा गएका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भेटघाट सामान्य अनौपचारिक कुराकानीमात्र भएको, राजनीतिक विषयमा प्रवेश नगरेको दाबी गरे । ‘सामान्य सांस्कृतिक विषयहरुमा कुराकानी भएको हो, अरु उल्लेख्य होइन,’ उनले भने । अर्का नेता वर्षमान पुन र जनार्दन शर्माले प्रधानमन्त्री ओलीसग सहमतीय सरकारलगायत पछिल्लो राजनीतिक घटनाक्रमजस्ता विषयमा नै केन्द्रित भएर कुराकानी गर्न दाहाल बालुवाटार गएको जिकिर गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE