Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

प्रहरी कार्यालयभित्रै निर्घात कुटीए व्यवसायी

\"nepalकाठमाडौं, ११ भदौ । इलाका प्रहरी कार्यालय इटहरीमा बुधबार मात्रै सरुवा भएर आएका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेशराज सुवेदीले प्रहरी कार्यालयलाई यातनारहित बनाउने प्रतिबद्धता जनाएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–तर, उनको प्रतिबद्धता २४ घन्टा पनि टिकेन । प्रतिबद्धता जनाएको २४ घन्टा पनि नबित्दै स्थानीय एक आर्ट ९पेन्टर० व्यवसायीलाई प्रहरीले कार्यालयभित्रै लगेर कुटपिट गरेको छ । स्थानीय संगीत चोकमा रहेको न्यु रेम्बो आट्र्स एन्ड नाइलन स्ट्याम्पका कर्मचारी मनोज पञ्जियारलाई प्रहरीले शुक्रबार दिउँसो ३ बजे कार्यालयभित्रै लगेर कुटेका हुन् । उनको देब्रे गाला सुन्निएको छ । प्रहरी कार्यालय इटहरीले नयाँ डिएसपीको नेमप्लेट, वालपेन्ट बनाउन न्यु रेम्बो आट्र्सका सञ्चालक शिवकुमार कटुवाललाई जिम्मा दिएको थियो । सोहीअनुसार पञ्जियारले डिएसपी सुवेदीको कार्यकक्षको टेबलमा राख्ने नेमप्लेट, वालपेन्टमा नाम लेखेका थिए । त्यसैगरी कार्यालयमा राखिएको डिएपीको नाम भएको बोर्डमा पनि उनले सुवेदी हाजिर भएदेखिको मिति राखेर नाम लेखेका थिए । नेमप्लेट, वालपेन्ट र बोर्डमा नाम लेखेबापत पञ्जियारले ६ सय रुपैयाँको बिल बनाएर इलाका प्रहरी कार्यालय इटहरीको लेखाशाखामा दिएका थिए । तर, लेखाशाखामा कार्यरत प्रहरी नायब निरीक्षक रामचन्ऽ पोखरेलले बिल हेर्नसाथ ‘यति जाबो लेखेको पनि ६ सय’ भन्दै पैसा नदिने बताए । पञ्जियारलाई पनि कार्यालयबाट बाहिर जान आदेश दिए । पञ्जियारले मिहिनेतको पैसा दिन आग्रह गरे । पञयिारले भने, ‘पोखरेलले तैँले लेखेको सबै मेट भने धम्क्याए । मेटेको पनि पैसा लाग्छ सर, भन्दा पोखरेलसहित तीनजना प्रहरीले कार्यालयभित्र अनुहार, टाउको र ढाडमा मुक्का र लात्ती बर्साए ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE