Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

यस्ता थिए गायक खेमराज गुरुङ

‘वारि जमुना, पारि जमुना’, ‘बेहाल भयो जिन्दगी यो’, ‘भन्छन् बुढापाकाले’जस्ता अत्यन्त लोकप्रिय गीत गाएका खेमराज गुरुङको बिहीबार मेडिकेयर अस्पतालमा निधन भयो । ०३१ मा संखुवासभामा जन्मिएका गुरुङका ‘जीवन– १, २, ३’, ‘अनमोल’, ‘घुमफिर’लगायत आठ एकल एल्बम छन् । पूर्वेली लोकगीतलाई देशभर पुयाउने श्रेय गुरुङलाई जान्छ । गुरुङको मृत्युपछि बिहीबार नयाँ पत्रिकाका शिखर घिमिरेले गुरुङसँग लामो सयम संगत गरेका अर्का गायक भीषण मुकारुङसँग कुरा गरेका छन् । मुकारुङले भने: \"khemrajखेमराज गुरुङसँग मेरो पहिलो भेट त्यस्तै ०५२(५३ सालमा भएको हो । त्यतिवेला म कलेज पढ्थेँ । तर, लोकगीतमा पनि चासो दिन थालिसकेको थियो । यो त्यही समय थियो, जतिवेला इटहरीमा अचानक एउटा लोकगीत प्रतियोगिता आयोजना भयो । मैले त्यो प्रतियोगितामा भाग लिने भएँ । त्यही प्रतियोगितामा खेमराज गुरुङ पनि प्रतिस्पर्धी भएर आउनुभएको थियो । एउटै प्रतियोगिताका प्रतिस्पर्धी भए पनि हामीबीचको सम्बन्ध अत्यन्त राम्रो हुन थाल्यो । त्यो प्रतियोगितामा उहाँ तेस्रो हुनुभयो, मैले सान्त्वना पुरस्कार जितेँ। त्यसपछि खेमराज दाइ काठमाडौं आउनुभयो । उहाँ काठमाडौं आएलगत्तै एल्बम निकाल्नुभयो– ‘जीवन भाग १’ । यो एल्बममा समावेश भएका गीत अत्यन्त सुमधुर थिए, सुनिरहूँजस्ता लाग्ने थिए । हामीले गीत सुनेनौँ मात्र पूर्वमा ती गीतले ठूलो तहल्का मच्चाए । उहाँ काठमाडौंमा संगीत कर्ममा अगाडि बढिरहनुभएको थियो । तर, गायनबाट हाम्रो मन जितिसक्नुभएको थियो । त्यसको केही समयपछि म पनि काठमाडौं आउने भएँ । इटहरीको त्यो कार्यक्रममा भएको चिनजानकै आधारमा म उहाँसँग काठमाडौंमा भेट्न चाहन्थेँ, नजिक हुन चाहन्थेँ । नभन्दै मैले सोचेको जस्तै भयो । काठमाडौं आएपछि उहाँसँग भेट भयो । त्यतिवेला उहाँ जीवन भाग २ का लागि काम गर्दै हुनुहुँदो रहेछ । हामीबीच निकै छिटो समयमा नै सामिप्यता भयो । त्यसैले पनि उहाँको गीत ‘वारि जमुना, पारि जमुना’मा मैले उहाँलाई सहयोग गर्ने भएँ । त्यो गीतमा कोरसमा उहाँलाई मैले सघाएँ । उहाँ मलाई कान्छा भनेर बोलाउनुहुन्थ्यो । कुनै नयाँ काम गर्नुभयो भने पनि फोनमा भन्नुहुन्थ्यो, ‘कान्छा, यस्तो गरेँ, आएर सुन त ।’ दुवैजना पूर्वको भएकाले पनि हुन सक्छ, हामीबीचको सम्बन्ध झन्झन् सुमधुर हुँदै गयो । बिहीबार जब उहाँको मृत्यु भएको थाहा पाएँ, मेरो मन भक्कानियो । यो स्वाभाविक पनि किन थियो भने उहाँ र मेरो सम्बन्ध नङ र मासुको जस्तै भइसकेको थियो । गायनको सम्बन्ध बिस्तारै पारिवारिक सम्बन्धका रूपमा विकास भएको थियो । उहाँसँग कार्यक्रम गर्न जाँदा म सधैँ खुसी हुन्थेँ । ती कार्यक्रमबाट मैले धेरै कुरा सिक्न पाउँथेँ । उहाँ स्टेजमा गएपछि सबैभन्दा पहिले अडियन्सलाई मन्त्रमुग्ध बनाउन खोज्नुहुन्थ्यो । त्यसका लागि मुक्तक भन्नुहुन्थ्यो । कहिलेकाहीँ त ‘जोक्स’ पनि भन्नुहुन्थ्यो । त्यसपछि बल्ल गायन सुरु गर्नुहुन्थ्यो । एकपटक हामी ०५८ सालतिर संखुवासभामा कार्यक्रम गर्न गएका थियौँ । त्यहाँ तुम्लिङ्टारनजिकै र संखुवासभाको सदरमुकाम खाँदबारीमा कार्यक्रम थियो । हामी तुम्लिङ्टारमा कार्यक्रम गरेर खाँदबारी जान निस्कियौँ । तर, बाटोमै गाडी बिग्रियो । त्यसपछि हामी त्यहाँबाट हिँडेरै जाने भयौँ । त्यतिवेला हामीले म्युजिक सिस्टम पनि सँगै बोकेका थियौँ । म त्यो कार्यक्रम र खेमराज दाइले साउन्ड सिस्टम बोक्दा भन्नुभएका कुरा कहिल्यै बिर्सिन सक्दिनँ । खेमराज दाइको सबैभन्दा राम्रो पक्ष के हो भने उहाँ नयाँ सर्जक तथा गायकलाई अत्यन्त मन पराउनुहुन्थ्यो । उहाँको जीवनको सफलतामध्ये एउटा यो पनि हो– उहाँले नयाँ कलाकारलाई माया गर्नुभयो र आवश्यक ‘गाइडेन्स’ दिनुभयो । उहाँसँग मेरो सम्बन्ध त कतिसम्म सुमधुर भयो भने एक–अर्काले पाएका उपहार पनि साटासाट गर्न थाल्यौँ । उहाँलाई नमिल्ने र नचाहिने सामान मलाई दिन थाल्नुभयो, मैले पनि उहाँलाई सम्मानसाथ दिन थालेँ । हामी विदेशमा कार्यक्रम गर्न पनि सँगै गयौँ । खेमराज दाइ अत्यन्त मिजासिलो स्वभावको हुनुहुन्थ्यो । ठूलो मन भएको मान्छे भएकाले होला, उहाँले सबैको मन सजिलै जित्नुहुन्थ्यो । हुन त उहाँ रवाफिलो मान्छे पनि हो, तर उहाँ दिनमा बढी रमाउनुहुन्थ्यो । त्यसैले कहिलेकाहीँ म उहाँलाई ‘दानवीर दाइ’ पनि भन्थेँ । कतिसम्म भने एउटै रेस्टुरेन्टमा बसेर खाजा खाँदा अर्को टेबलको मान्छेले कुरा ग¥यो भने त्यो टेबलको बिल पनि तिर्न उहाँ तयार हुनुहुन्थ्यो । खेमराज दाइकै कारण पूर्वैली लोकगीतहरू देशभर यो उचाइमा पुगे । तर, यसको अर्थ के होइन भने, यसअघि अरू गायकहरूले पूर्वेली लोकगीतलाई कुनै योगदान गर्नुभएन । तैपनि पश्चिममा पूर्वेली लोकगीत पु(याउन खेमराज दाइको विशिष्ट योगदान छ । त्यति मात्र होइन, उहाँकै कारण हाम्रो पूर्वेली गीत अन्तर्राष्ट्रियकरण पनि भयो । कतिपय भारतीय कलाकारले त नेपाल आउँदा ‘वारि जमुना, पारि जमुना’ गाएर आफ्नो कार्यक्रम सुरु गर्थे । खेमराज दाइ संगीतमा औधी रुचि भएको मान्छे हुनुहुन्थ्यो । बाहिरबाट उहाँ लोकगायकका रूपमा मात्र चिनिनुहुन्छ । तर, उहाँले सिर्जना गरेका संगीत पनि अत्यन्त उत्कृष्ट छन् । उहाँले मेरै एल्बमका लागि पनि संगीत भर्नुभएको थियो । केही दिनअघिसम्म खेमराज दाइको एउटा हातमा गितार देखेको थिएँ । रातभर हामी गीतसंगीतका कुरा गरेर बसेका हुन्थ्यौँ । उहाँ भन्नुहुन्थ्यो– बसौँ न, हामीले संगीतका कुरा गर्नुपर्छ, यसमा केही नयाँ गर्नुपर्छ । आज मैले एउटा अभिभावक गुमाएको छु । उहाँबारे बोल्न मसँग कुनै शब्द छैन, कतै पर हराएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE