Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

चावी लिएर उपप्रधानमन्त्री हिँडेपछि...

\"bijayakumar काठमाडौं, १३ भदौ । सत्ताका लागि जस्तोसुकै अनैतिक सम्झौता गर्न पनि तयार हुने अवसरवादी नेताको छवि आम रुपमा बनाएका विजयकुमार गच्छदारले प्रचण्ड नेतृत्व सरकारमा सत्तारोहणका लागि भए भरका अस्त्र प्रयोग गरिरहेका छन् । आजको साँघु साप्ताहिकमा खबर छ – गच्छदार सत्तारोहणका लागि मरिमेटेर लागे पनि यो पटक प्रचण्ड र सत्तारुढ दल उनीप्रति सकारात्मक नदेखिएकाले उनको भाग्य चम्किने सम्भावना अत्यन्तै न्यून बन्दैछ । तर, सत्तारुढ दलले गच्छदारलाई सरकारमा सहभागी गराउन अनिच्छा प्रकट गरिरहे पनि उनले भने मन्त्री बन्ने सपना अझै मारेका छैनन् । मन्त्री बन्ने विश्वासमा अझै गच्छदार छन् भन्ने गतिलो उदाहरण हो – पुल्चोकको मन्त्री क्र्वाटरबाट अझै उनले डेरा नसार्नु । ओली सरकारका मन्त्रीहरु सरकारले राजीनामा दिएको भोलिपल्टै सामान सारेर तालाचावी बुझाउँदै हिँडे पनि गच्छदार भने अझै मन्त्री हुने आसमा तालाचावी खल्तीमा हालेर हिँडेको गुनासो प्राप्त भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले साउन १९ मा राजीनामा दिएसँगै क्र्वाटरमा बसेका अन्य मन्त्रीहरुले नैतिकता देखाउँदै केही दिनमै सामान सारेर क्वार्टर खाली गराए । तर, ओली नेतृत्वको सरकारमा उपप्रधानसहित भौतिक योजना तथा निर्माण मन्त्रालय सम्हालेका गच्छदारले भने ओली सरकार ढलेको महिना दिन गुज्रिसक्दा समेत मन्त्री क्र्वाटर खाली गराएका छैनन् । गच्छदार क्र्वाटरमा नबसे पनि उनले आफू फेरि मन्त्री भएर फर्कने भन्दै तालाचावी खल्तीमा बोकेर गएका छन् । उनले मन्त्री हुने आसमा क्वार्टरबाट सामान समेत सारेका छैनन् । ‘म फेरि मन्त्री भएर आइहाल्छु,’ स्रोतले गच्छदारलाई उद्धृत गर्दै भन्यो, ‘त्यसैले अहिले सामान सार्ने झन्झट गर्नुभन्दा पनि क्वार्टरको साँचो आफैं लिएर जान्छु ।’ गच्छदार यसरी क्वार्टरको तालाचावी लिएर हिँडेपछि यसको व्यवस्थापन गर्ने निकाय अन्योलमा परेको छ । मन्त्री क्वार्टरको रेखदेख र व्यवस्थापन गर्दै आइरहेको भवन निर्माण संभार डिभिजन कार्यालय पुल्चोकले पटक पटक ताकेता गरे पनि उनले आफू केही दिनमै मन्त्री भएर आउने भन्दै टार्ने गरेका छन् । यसरी गच्छदारले क्वार्टर कब्जा गरेपछि कर्मचारी अप्ठ्यारोमा परेका छन् । गच्छदार मन्त्री क्वार्टरको डी२ मा बस्दै आएका थिए । उता, गच्छदारजस्तै ओली सरकारमा उपप्रधानमन्त्री सहित रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका एमाले उपाध्यक्ष भीम रावलले पनि यो समाचार तयार पार्दासम्म क्वार्टर छाडेका छैनन् । मन्त्री हुने सम्भावनै नभएका रावललाई सामान सार्न पटक पटक ताकेता गरे पनि उनले नसारेको बताइन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE